सबै क्षेत्रमा सुरक्षा योजना लागु गर्न माग

पोखरा ।
बजार व्यवस्थापन तथा बिक्री कर्मचारी संघ नेपाल (ओम्स नेपाल)को प्रथम गण्डकी प्रदेश स्तरीय भेला भएको छ । भेलाले १७ सदस्यीय गण्डकी प्रदेश कमिटी चयन गरेको छ । कमिटीको पदाधिकारी चयन र कार्यविभाजन गर्न भने बाँकी रहेको भेलाका संयोजक राजन कार्कीले जानकारी दिए ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) गण्डकी प्रदेश कमिटी अध्यक्ष रुद्रबहादुर खत्रीले भेलामा सबै क्षेत्रमा योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनको लागि जिफन्टले अभियान चलाएको बताए । ‘औपचारिक क्षेत्रका श्रमिकबाट सुरुवात भएको योजनाले पछिल्लो समयमा अनौपचारिक क्षेत्रका श्रमिकलाई पनि समेटेको छ,’ उनले भने, ‘अनौपचारिक क्षेत्रमा श्रमिकलाई सूचिकरणका लागि स्थानीय तहको वडा कार्यालयको सिफारिस आवश्यक पर्छ ।’
उनले श्रम ऐनले गरेको व्यवस्था अनुसार सबै श्रमिकले न्यूनतम पारिश्रमिक पाउनुपर्ने उल्लेख गरे । उनले हरेक श्रमिकले काम गर्नु भन्दा अगाडि श्रम सम्झौता गर्नुपर्ने जनाए ।
उनले जिफन्ट लगायतका ट्रेड युनियनले श्रमिकलाई पेशागत हकहितका अलवा शिक्षा सूचना प्रदान गर्ने जानकारी दिए । कार्यक्रममा बजार व्यवस्थापन तथा बिक्री कर्मचारी संघका केन्द्रीय अध्यक्ष सूर्य पराजुली, उपाध्यक्ष सैलेश न्यौपाने, महासचिव नवराज भुर्तेल, जिफन्ट गण्डकी प्रदेश कमिटी उपाध्यक्ष लीलाबहादुर कार्की, कास्कीका अध्यक्ष जनकराज सिग्देल लगायतले श्रमिकका सवालमा बोलेका थिए ।









न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
ध्रुव माविको वार्षिकोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया