‘स्वास्थ्य सेवा अपांगमैत्री भएन’
पोखरा ।
अपांग महिला सशक्तीकरण केन्द्र कास्कीले अपांगता भएका महिलाका लागि प्रजनन् स्वास्थ्यको गुणस्तरीयता र प्रजनन् अधिकारबारेमा समन्वयात्मक कार्यक्रम गरेको छ ।
प्रजनन् स्वास्थ्यको गुणस्तरीयता, प्रजनन् अधिकारबारे सचेत गराउने उद्देश्यले गरिएको कार्यक्रममा अपांगता भएका व्यक्ति तथा संस्था, अभिभावक, कर्मचारी गरी ३० जनाको सहभागिता रहेको केन्द्रका अध्यक्ष अञ्जना केसीले जानकारी दिइन् ।
कार्यक्रममा अपांग महिला सशक्तिकरण केन्द्र कास्कीका अध्यक्ष केसी र कर्मचारी सरिता केसीले सहजीकरण गरेका छन् ।
अध्यक्ष केसीले पोखरा महानगरपालिकाका शहरी स्वास्थ्य केन्द्र तथा विभिन्न सरकारी स्वास्थ्य निकायले प्रदान गर्ने प्रजनन् स्वास्थ्य अपांगमैत्री नभएको दाबी गरिन् । अपांगता भएका महिलाको स्वास्थ्य सेवामा पहुँच पुग्न नसक्दा प्रजनन् स्वास्थ्यको अधिकार सुनिश्चित नभएको उल्लेख गर्दै उनले सरकारी सेवा प्रदान गर्ने प्रजनन् स्वास्थ्य सेवालाई गुणस्तरीय र पहुँच सुनिश्चित गर्न वकालत गर्नुपर्ने योजना सुनाइन् ।
कार्यक्रममा अपांगता भएका महिलाले प्रजनन् स्वास्थ्य सेवा लिँदामा भोगाई र अनुभव सुनाएको उनले जनाइन् । अपांगता भएका महिलाले सबै स्वास्थ्य संस्थाले प्रदान गर्ने सेवा अपांगमैत्री नभएकाले सेवा पाउने कठिनाई भएको गुनासो राखे ।









न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
ध्रुव माविको वार्षिकोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया