पाेखरामा ज्ञान महायज्ञ सुरु

पोखरा ।
श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ २०८१ पोखरा प्रर्दशनी केन्द्रमा आइतबारदेखि सुरु भएको छ । ज्ञानमहायज्ञ उद्घाटनअघि पोखराको सेती नदी स्थित गाईघाटबाट शान्ति कलशसहितको शोभा यात्रा तथा बाजागाजा सहितको धार्मिक झाँकीले बजारको विभिन्न ठाउँका परिक्रम गरेको थियो ।
गलेश्वर आश्रम देवघाटधाम तनहुँका पीठाधीश आत्मानन्द गिरी महाराजले यज्ञ सुरुआत गरे । उनले धर्म, संस्कार र संस्कृतिक संरक्षणमा महायज्ञले टेवा पुर्याउने विचार राखे । ज्ञानभूमी काशीलाई स्मरण गराउने कास्की कश्यप ऋषिको तपोभूमि रहेको उनको भनाइ छ ।
ज्ञानमहायज्ञ सम्पादन समिति अध्यक्ष लक्ष्मण पौडेल, सहअध्यक्ष महेश पराजुली, उपाध्यक्ष सूर्यप्रसाद भण्डारी, राप्रपाका नेता रवीन्द्र मिश्र, नेपाली काँग्रेस कास्की सभापति किशोरदत्त बराल, पूर्व सभापति सोभियत अधिकारी लगायतले सनातन धर्म र भागवत्को प्रभावले नै विश्वमा लोकको कल्याण हुने जनाए ।
सामाजिक, धार्मिक सद्भाव र सहिष्णुता वृद्धि गर्ने लक्ष्यका साथ आयोजना गरिएको ज्ञान महायज्ञ वैशाख १० गतेसम्म चल्नेछ । वैशाख ३ देखि ९ गतेसम्म पाठ परायण, प्रवचन तथा अनुष्ठान हुनेछ । १० गते अन्तिम दिन महायज्ञको पूर्णाहुति एवंं अभिषेकसहित प्रसाद वितरण गरी महायज्ञ समापन हुने आयोजकले जनाएको छ ।









चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : लेकाली र देउराली पनि गुञ्जिने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया