अवरुद्ध म्याग्दी-मुस्ताङ सडक खुल्यो

समाधान संवाददाता २०७६ असार ३० गते १३:५३

समाधान संम्वाददाता, मुस्ताङ

लगातारको अविरल वर्षाले अवरुद्ध म्याग्दी — मुस्ताङ अवरुद्ध घोप्टेभीर सडकखण्ड भर्खरै खुलेको छ । करिडोर सडकमा काम गर्दै आईरहेको डोजर र ब्रेकर मेशिन र मजदुरले २ दिनसम्म लगातार सडक मर्मत गरेपछि सडक संञ्चालनमा आएको बेनी—जोमसोम सडकका सुपरभाईजर ईन्द्रसिंह शेरचनले जानकारी दिए ।

करिडोर सडक तथा मुस्ताङ र म्याग्दीका जनप्रतिनिधिहरुको पहलमा शनिबार देखि सडक खुलाउन पहल गरिएपछि अस्थायी रुपमा एकतर्फी सडक ट््याक खुल्ला गरिएको सुपरभाईजर शेरचनले बताए । ट््याक खुल्ला भएपछि म्याग्दी र मुस्ताङको सिधा यातायात सेवा सूचारु भएको हो ।

Advertisement

सुपरभाईजर शेरचनको अनुसार साझ ५ बजे देखि साना ठुलो सबै सवारीसाधनलाई सहज हुने सडक खुल्ने जानकारी दिए ।शेरचनले भने ,‘तत्कालै सानो गाडीहरु पास गर्नेगरी सडक खुल्ला गर्‍यौ, अब केही बेरमा तत्काल गरिने सबै काम सकिनेछ ।’ भासिएको म्याग्दी र मुस्ताङको सिमाना घोप्टेभीर सडक खुल्ला भएपछि मुस्ताङतर्फ आउने र मुस्ताङबाट म्याग्दी जाने गाडीहरु सडक क्रस गरेको शेरचनले जनाए ।

अबिरल बर्षाले सडक नदी कटान तथा सडक १२ मिटर भासिएपछि शुक्रबार देखि मुस्ताङतर्फको यातायात सम्पर्क अवरुद्ध भएको थियो । सडक अवरुद्धले सवारी तथा मुस्ताङ आउजाउ गर्ने यात्रुले सास्ती पाएका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया