मणिपालमा केयरगिभर तालिम सुरू

पोखरा ।
मणिपाल शिक्षण अस्पताल पोखरामा तीन महिने केयरगिभर तालिम सुरु भएको छ । अस्पतालले पहिलो पटक आयोजना गरेको यो तालिममा कम्तीमा ८ कक्षा उत्तीर्ण गरी १८ वर्ष उमेरहरु सहभागी छन् ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदबाट स्वीकृति प्राप्त गरी तालिम सञ्चालन गरिएको हो । कार्यक्रममा हस्पिटल डाइरेक्टर डा अभिषेक मास्केले अस्पतालले बिरामीको सेवामा सहयोग पुग्ने हेतुले विभिन्न समयमा विभिन्न किसिमका तालिम सञ्चालन गर्दै आएको जनाउ । भविष्यमा समेत स्वास्थ्यसँग सम्बन्धित तालिमहरु सञ्चालन गर्ने उद्देश्य उनले सुनाए ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य अहिलेको परिवेशमा यो तालिमको ठूलो महत्व रहेको जनाए । समाजमा रहेका वृद्ध, असहाय तथा सहाराको आवश्यक रहेकाहरूलाई उत्पादित जनशक्तिले सघाउने उनको विश्वास छ ।
सम्बन्धित क्षेत्रमा सीप युक्त जनशक्ति उत्पादन गरी रोजगारी तथा स्वरोजगारका अवसर सिर्जना गर्नु यसको लक्ष्य रहेको अस्पतालकी नर्सिङ डाइरेक्टर वरुणा पौडेलले बताइन् । यो तालिममा सैद्वान्तिक एवम् व्यवहारिक ज्ञान प्रदान गर्दै प्रशिक्षार्थीलाई पेशागत स्वास्थ्य तथा सुरक्षा व्यवस्थापन, पौष्टिक तथा सन्तुलित आहारा व्यवस्थापन, व्यक्तिगत तथा वातावरणीय सरसफाइ, व्यायाम तथा मनोरञ्जन साथै मनोसामाजिक अवस्थाको जाँचबारे ज्ञान दिइने पौडेलको भनाइ छ ।
मणिपालका प्रमुख कार्यकारी अधिकृत अनिल ओडुविलले उचित उपचार, स्वास्थ्य सेवा र स्वास्थ्य कर्मचारीको आवश्यकतालाई मध्यनजर गर्दै अस्पतालले समय समयमा विभिन्न तालिमका कार्यक्रम सञ्चालन गर्दै आएको जनाए ।








सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
चुनाव आउन ७५ दिन बाँकी : देशभर १० हजार ९६७ मतदान स्थल कायम, १६८ थपिए
पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली
एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया