पोखरा २८ को कालिका मन्दिरमा मुर्ति समर्पण

लेखनाथ ।
पोखरा –२८ मा रहेको कालिका भगवती मन्दिरमा धार्मिक अनुष्ठान सञ्चालन एवं रथयात्रासहित महाकालीको मूर्ति समर्पण गरिएको छ ।
विस १७९२ मा स्थापना भएको मन्दिरमा अर्घौं मौलाकालिका भगवती मन्दिर संरक्षण समितिले मंगलबार काली नदिबाट ल्याइएको शालिकग्राम रुपी महाकाली भगवतीको मुर्ती स्थापना गरेको हो ।
महाकाली भगवतीको मूर्तिलाई रथमा सजाएर भजनकीर्तनसहित कालिका, लेखनाथ र माझठाना क्षेत्र, अर्घौं मौलाकालिका धार्मिक क्षेत्र तथा छिमेकी स्थानमा धार्मिक अनुष्ठान सञ्चालन एवं रथयात्रासहित प्राण प्रतिष्ठा गरि मूर्ति समर्पण गरिएको समितिले बताएकाे छ ।
कालिका मन्दिरबाट सुरु भएको रथयात्रा लेखनाथका विभिन्न स्थान नरेशपुर,जल्धारे, सिलिंगे, विजयपुर, कालिकाचोक, बुढीबजार, खरानेफाँट, खोलाको डिल, बहिरा स्कुल, लेखनाथचोक, रिठ्ठेपानी कुमाल गाउँ, तालचोक, खुदी हुँदै त्यहाँबाट बेगनासताल, शिशुवा शिवमन्दिर, आरुपाटा, सैरे, ठूलाकोट हुँदै पुनः कालिका मन्दिरमै आएर प्राणप्रतिष्ठासहित महाकालीको मूर्ति कालिका भगवती मन्दिरमा समर्पण गरिएको थियो ।
समितिका कोषाध्यक्ष सरोज भण्डारीले करिव तीन सय वर्ष पहिला देखि श्रदा भक्तिपूर्वक पूजा गरिदै आएको यस कालिका मन्दिरमा आस्था राख्ने भक्तजनहरुमा भाकल सहितको बलि पूजा गर्ने चलन र परेवा उडाउने परम्परा रहेको बताए । मन्दिरमा वर्षको दुई पटक चैत्र र असोजमा १०८ सप्तचण्डकीको पूजा हुने उनले जानकारी दिए ।
गाउँमा कुनै रोगव्याधी नलागोस्, प्राकृतिक विपत्ति नपरोस् धानवाली राम्रो होस् भन्ने कामनाका साथ यो पुजा गर्ने प्रचलन रहिआएको मन्दिर संरक्षण समितिका सचिव केशवदासा त्रिपाठीले जानकारी दिए ।









चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : लेकाली र देउराली पनि गुञ्जिने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया