हराएको १७ लाख २ घन्टामै भेटियो

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर ८ पृथ्वीचोकबाट हराएको पैसा भेटिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको सहयोगमा बैंकमा जम्मा गर्न जाँदा बाइकबाट हराएको १७ लाख पैसा भेटिएको हो ।
पोखरा पृथ्वीचोकमा रहेको माया श्री ज्वेयलर्समा संकलन भएको पैसा नयाँ बजरमा रहेको कृषि विकास बैंकमा जम्मा गर्न जाँदा हराएको थियो । बाइकमा पैसा लिएर हिँडेका ज्वेलर्सका कर्मचारी कालिगढ ४३ वर्षीय मनोहर पर्वेर तुरुन्त प्रहरी कार्यालय पुगेका थिए । कास्की प्रहरीका नायव उपरीक्षक (डिएसपी) बसन्तकुमार शर्माको नेतृत्वमा खटिएको टोलीले दिउँसो १ बजे हराएको पैसा २ घन्टा भित्रै भेट्याएको हो ।
‘मोटरसाइकलको लेगार्डमा झुन्डाएर बैंकमा जम्मा गर्न बैंकतर्फ जानुभएको रैछ । पैसा हराएपछि प्रहरी कहाँ आउनुभयो । खबर पाएपछि तुरुन्त हामीहरु फिल्डमा खटियौं र सिसी टिभी फुटेज हेर्दै जाँदा एक जना व्यक्तिले भेटेको देखियो । उहाँलाई पछ्याउँदै उहाँको पसलमा पुग्यौं सोधपुछ गर्दा पैसा पाउन सफल भयौं,’ कास्की प्रहरीका एसपी मोहन थापाले भने, ‘पैसा भेट्ने पोखरा ३ पालिखे चोक बस्दै आएका ६५ वर्षीय भारतीय छोटुलाल शर्माले आफ्नो पसलमा पुगर राख्नुभएको रैछ । हामीहरु पुगेर सोधपुछ गरेपछि पैसा पायौं ।’ प्रहरीले शर्माले भेट्याएको १७ लाख रुपैयाँ पैसा ज्वेलर्सका सञ्चालक धुव्र सुनारलाई बुझाएका छ ।








रास्वपा र बालेनबीच पार्टी एकता : रवि सभापति, बालेन भावी प्रधानमन्त्रीको उम्मेदवार
चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया