आरोग्य आश्रमलाई युनाइटेडको साथ

पोखरा ।
युनाइटेड क्लब पोखराले पोखरा १५ टुटुंगामा रहेको पोखरा आरोग्य आश्रममा खाद्यान्न वितरण गरेको छ । क्लबले १४ औं वार्षिकोत्सवको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमको छैठौ दिन बिहीबार आश्रममा आश्रितलाई खाद्यान्न वितरण गरिएको हो ।
पोखरा १५ का वडाध्यक्ष तोरण बानियाँले पोखरा आरोग्य आश्रममा आश्रितलाई लक्षित गरी खाद्यान्न वितरण गरेकोमा धन्यवाद दिए । उनले आगामी आर्थिक वर्षदेखि वडाले रातो किताबमा समेटेर आश्रमका लागि बजेट बिनियोजन गर्ने प्रतिवद्धतासमेत गरे ।
क्लब अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा क्लबका वरिष्ठ उपाध्यक्ष लोकबहादुर थापा, महासचिव दिनेश सुनार, नेपाल कुष्ठरोग निवारण संघका केन्द्रीय उपाध्यक्ष नारायण शर्मा, कुष्ठरोग निवारण संघ कास्की अध्यक्ष सुभाष तझ्या लगायतले बोलेका थिए ।
हाल आश्रममा १३ जना आश्रित छन् । संघको संयोजनमा कुष्ठ प्रभावितलाई लक्षित गरी पोखराको लामतरामा १८ र ठूलिमझुवामा १२ परिवारलाई बासस्थानको व्यवस्था मिलाएको भए पनि उनीहरुले सरकारबाट भत्ताबाहेक केही नपाएको उनको भनाइ छ ।









चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : लेकाली र देउराली पनि गुञ्जिने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया