मौलिकता जोगाउँदै संगीत संरक्षण गरौंः भट्ट

पोखरा ।
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले मौलिकता जोगाएर नेपाली गीत, संगीतको संरक्षण र विकास गरिनुपर्नेमा जोड दिएका छन् । पोखरामा आयोजित दोस्रो राष्ट्रिय संगीत अवार्डमा उनले मौलिक संस्कृति, संगीत र कला विश्वमाझ देशको प्रमुख पहिचान तथा चिनारी बनेको जनाए ।
प्रदेश प्रमुख भट्टले भने, ‘विश्व संगीतको बजारमा प्रभाव पार्ने संगीत हामीसँग छ । संगीतकर्मीले नेपाली मौलिक संगीतप्रति मोह बढाउने काम गर्न आवश्यक छ । मौलिकता रहने गरी संगीतलाई समयसापेक्ष विकास गर्नुपर्दछ ।’
उनले पश्चिमा संगीतको दबदबा भइरहेको बेलामा नेपाली संगीकर्मीले विदेशी संगीतलाई प्रतिस्थापन गरी नेपाली संगीतलाई स्थापित गर्नुपर्ने आवश्यकता औंल्याए । देशको पहिचान जोगाइराख्न, राष्ट्रिय एकतालाई सुदृढ गर्न, देश भक्तिभावले नागरिकलाई ओतप्रोत बनाइराख्न तथा भोलिका सन्ततीहरुलाई सहजतापूर्वक हस्तान्तरण गर्न भाषा, संस्कार, संस्कृतिको संरक्षण र सम्वद्र्धन अनिवार्य रहेको प्रदेश प्रमुख भट्टको भनाइ छ ।
‘गीत संगीतले सजिलै स्रोता र दर्शकको मन र मस्तिकमा प्रभाव पार्न सक्छ । हामीले रचना गरेको गीत संगीतले समाजलाई सकारात्मक सन्देश दिनुपर्छ र त्यसले समाजलाई सही दिशामा डोर्याउनुपर्छ,’ उनले भने । मौलिक संगीतक सिर्जना गर्ने, संगीत क्षेत्रको विकासमा योगदान पुर्याउने र यसलाई अन्तर्राष्ट्रियकरण गर्न महत्वपूर्ण योगदान पुर्याउने नेपाली संगीतकर्मीमा उच्च सम्मान व्यक्त गर्दै प्रदेश प्रमुख भट्टले देशभरका उत्कृष्ट कलाकारलाई सम्मान गर्ने यस्ता कार्यक्रमको निरन्तरताको कामनासमेत गरे ।
‘अग्रजलाई सम्मान, नयाँ पुस्तालाई प्रोत्साहन’ भन्ने नाराका साथ आयोजित दोस्रो राष्ट्रिय संगीत अवार्डमा २६ विधामा सर्वोत्कृष्टलाई अवार्ड वितरण गरिएको आयोजक संस्था कास्की खबरका अध्यक्ष ऋषिराम दाहालले जानकारी दिए । सो अवसरमा नेपाली संगीत र कला क्षेत्रमा पत्रकारितामार्फत् योगदान पुर्याएकोमा पत्रकारहरु रञ्जन अधिकारी, गौरव त्रिपाठी र कमल सरगमलाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । सागर कार्की, साहिल गायक लगायतका संगीतकर्मीलाई पनि सम्मान गरिएको छ ।









चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : लेकाली र देउराली पनि गुञ्जिने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया