गण्डकीका अर्थमन्त्रीको निर्णयः आगामी वर्ष लगानी सम्मेलन गर्ने

समाधान संवाददाता २०८१ वैशाख ९ गते १५:५३

पोखरा ।
गण्डकी प्रदेशका नवनियुक्त आर्थिक मामिला मन्त्री हरिबहादुर चुमानले कार्यभार समालेका छन् । मुख्यमन्त्री खगराज अधिकारीले शनिबार अर्थमन्त्रालयको जिम्मेवारी तोकेपछि मन्त्री चुमानले कार्यभार समालेका हुन् ।

Advertisement

उनले कार्यभार समाल्दै आउँदो आर्थिक वर्षमा गण्डकी सरकारले लगानी सम्मेलन गर्ने निर्णय गरे । मन्त्री चुमानले सम्मेलन गर्न अध्ययन कार्यदलसमेत गठन गरेका छन् । आर्थिक मन्त्रालयको सचिवको नेतृत्वमा ७ सदस्यीय कार्यदल गठन गरिएको हो ।


नयाँ सरकारले प्रदेशको नीतिगत समस्या समाधान प्रदेशप्रति थप सचेतना तथा औधोगिक पूर्वाधारको विकास, आर्थिक स्रोत वृद्धीका लागि आवश्यक कदम चाल्ने जनाइएको छ । मन्त्री चुमानले प्रविधिक कमजोरीलाई टेकेर कर्मचारीहरुलाई रातोकिताबका योजना कार्यान्वयन नहुने वातावरण सिर्जना नगर्न आग्रह गरे । बजेट खर्च गर्ने परम्परागत परिपाटी पनि आगामी आर्थिक वर्षमा सुधार गरेर लैजाने मन्त्री चुमानको योजना छ ।

Advertisement


सरकारले बजेट बनाउँदा औद्योगिक पूर्वाधार जलविद्युतलाई समेटेर बनाउने उनले सुनाए । यसका लागि अवधारण पत्र तयार गरिने जाने योजनामा मन्त्री चुमान छन् । लगानी सम्मेलनसँगै अब प्रदेश सरकारले पञ्चवर्षीय योजनालाई प्रभावकारी बनाउने उनले सुनाए । उनले प्रदेश सरकारले पुतिगत खर्चदर वृद्धि गर्ने प्रतिवद्धता जनाए ।

Advertisement

तपाईको प्रतिक्रिया