आँधीखोला लघुवित्तको आइपिओ बाँडफाँट

समाधान संवाददाता २०७६ असार ३१ गते १४:०२

समाधान संवाददाता
पोखरा

आँधीखोला लघुवित्त वित्तीय संस्थाको आईपीओ सोमबार बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलको कार्यालय लाजिम्पाट, काठमाडौंमा सोमबार बिहान आईपीओ बाँडफाँटको भएको हो । ३७ हजार ५ सय आवेदकले १० कित्ता सेयर पाएका छन् भने ५ सय ७९ आवेदकको आवेदन रद्द भएको छ ।

असार २२ देखि २५ गतेसम्म सर्वसाधारणका लागि बिक्री गरेको आइपिओमा १४ दशमलव ५५ गुणा बढी आवेदन परेको थियो । कम्पनीले सर्वसाधारणका लागि ३ लाख ७५ हजार कित्ता सेयर जारी गरेको हो । बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलले दिएको जानकारी अनुसार यस आइपिओमा ३ लाख ४ हजार १३ आवेदकले ५२ लाख ४१ हजार ६ सय ६० कित्ता सेयर खरीदको आवेदन दिएका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया