हनुमान जयन्ती मनाइने
पोखरा ।
विश्व हिन्दू परिषद् नेपालले हनुमान जयन्ती समारोह २०८१ विविध कार्यक्रम गरी मनाउने भएको छ । सो जयन्तीको सन्दर्भमा नीलकण्ठ महादेव मन्दिर नारायण स्थान नदीपुरबाट सचेतनामुलक मोटर साइकल र्याली निकाल्ने परिषद्का राष्ट्रिय महासचिव जीतेन्द्र सिंहले जानकारी दिए ।
र्याली बगर, सिमपानी, पस्र्याङ, जिरोकिमी, लेकसाइड, राष्ट्रबैंकचोक पृथ्वीचोक, महेन्द्रपुल भएर नदिपुरमा पुगेर समापन हुनेछ । महासचिव सिंहले विगत ३ वर्षदेखि कार्यक्रम गर्दै आएको बताए । सार्वजनिक हनुमान पूजा समारोह समिति र नीलकण्ठ महादेव आश्रम सेवा समिति र हिन्दु स्वयं सेवक संघ पोखराको सहकार्यमा रामभक्त पवन पुत्र हनुमानजीको पूजा आराधना, हनुमान लीला र सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको उनले उल्लेख गरे ।
उनले परिषद्ले अयोध्यामा प्राण प्रतिष्ठाको अवसरमा ¥याली निकालेको स्मरण गरे । ‘धर्मको रक्षा गर्न भगवान रामले अवतार लिएको हो । समाज र जगतलाई सचेत र सजक बनाएर धर्मको रक्षा गर्नु पर्छ,’ उनले भने, ‘विशुद्ध धार्मिक कार्यक्रम गरेर भगवान रामप्रति सम्मान र हनुमानले गुरु प्रतिको श्रद्धालाई युवा समक्ष पु¥याउने प्रयास गरेका छौं ।’
५४ जिल्लामा शिक्षा स्वास्थ्यको क्षेत्रमा सेवा गरेको र राम राज्य स्थापना गर्ने परिकल्पनाका साथ काम गरेको जानकारी दिँदै उनले ३१ जिल्लामा हनुमान जयन्तीको कार्यक्रम तय भएको उल्लेख गरे ।
कार्यक्रममा विश्व हिन्दू परिषद् नेपाल गण्डकी प्रदेशका सम्बाद सचिव कृष्ण गौतम र नीलकण्ठ महादेव मन्दिरका सचिव सनकमान सिकेले नेपालको मौलिक धर्म संसकृति, परम्परा, रीतिरिवाज र चाडपर्वको संरक्षण गर्नुपर्ने उल्लेख गरे । हनुमान जयन्तीमा संकटमोचनका लागि हनुमानको विशेष पूजा गर्ने प्रचलन छ ।









न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
ध्रुव माविको वार्षिकोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया