नयाँ वर्षको शुभकामना

पोखरा ।
नेपाल पर्यटक यातायात व्यवसायी संघ(एनटिभिए) गण्डकी प्रदेशले नयाँ वर्ष २०८१ को अवसरमा शुभकामना आदानप्रदान एवं टेबुल क्यालेन्डर लोकार्पण गरेको छ । पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ, एनटिभिए गण्डकी अध्यक्ष दुर्गादत्त दाहाल, पूर्व अध्यक्ष बोबरजंग गुरुङ, कार्यक्रम संयोजक सुमन कुँवर, एसआरएम कम्पनीका सञ्चालक ओम उपाध्याय लगायतले क्यालेन्डर लोकार्पण गरे ।
पर्यटन परिषद्का अध्यक्ष श्रेष्ठले पर्यटकलाई सुविधासम्पन्न यायातात सेवा दिनु जरुरी रहेको बताउँदै पर्यटक यातायातका माध्यमबाट एनटिभिएले पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याइरहेको बताए । पर्यटक यातायात सञ्चालनका क्रममा आउने हरेक जोखिमीको व्ययभार बिमा कम्पनीले नै जिम्मा लिने गरी नेपाल सरकारले नियम बनाएर व्यवसायिक सुरक्षाको प्रत्याभूति गराउनु आवश्यक भएको उनको भनाइ छ ।
एनटिभिए गण्डकी प्रदेश अध्यक्ष दाहालले पर्यटन यातायात सञ्चालन गरिहेको व्यवसायीलाई संगठित गर्दै एनटिभिए बढिरहेको उल्लेख गरे । दररेटसमेत राखेर संस्थाले टेबुल क्यालेन्डर प्रकाशन गरेको बताउँदै उनले यसले व्यवसायिक रुपमा पनि सहज बनाउने विश्वास व्यक्त गरे ।
एनटिभिए गण्डकी प्रदेशका सल्लाहकार बोबरजंग गुरुङले निजी र पर्यटक सवारी साधनको आयु २० वर्ष तोकिनु खेदपूर्ण भएको बताउँदै यी सवारी साधनको आयु तोक्नु गलत भएको तर्क गरे । सवारी दुर्घटना, घाइते, मृतक, सवारी मर्मत सबै जिम्मा विमा कम्पनीले लिनुपर्ने गरी सरकारसँग लबिङ हुनुपर्नेमा उनले जोड दिए ।
एसआरएम कम्पनीका सञ्चालक ओम उपाध्यायले पर्यावरण जोगाउनका लागि विद्युतीय सवारी साधनको प्रयोग आवश्यक भएको धारणा राखे । लेकसाइड क्षेत्रमा विद्युतीय सवारी साधनका लागि चार्जिङ स्टेसन राख्न ठाउँ उपलब्ध गराउने कुरामा सम्बद्ध सबैको सहयोग आवश्यक भएको उनले औंल्याए ।









चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : लेकाली र देउराली पनि गुञ्जिने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया