दराजबाट नगद चोर्ने ३ पक्राउ

पोखरा ।
पोखरा नयाँबजारमा रहेको दराजको अनलाइन डेलिभरी भवनबाट नगद चोरी गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले सोमबार पोखरा–५ पर्यास्ङबाट पोखरा १५, टुटुंगा बस्ने वर्ष २९ का अर्जुन परियार, पोखरा १० बस्ने वर्ष २७ को विकास अधिकारी र धादिङ घर भई हाल पोखरा–२ नालाकोमुख बस्ने वर्ष २९ को लोकेन्द्रबहादुर इटनीलाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट दराजको लकर र झोलासमेत बरामद भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जनाए । गएको चैत २४ गते दराजको पोखरा–८, नयाँबजारमा रहेको भवनबाट शौचालयको सिसा फोडी उनीहरुले लकरसहित नगद ५ लाख ८२ हजार ५ सय ८० , मोबाइल र झोला चोरेको प्रहरीले जनाएको छ ।
कास्की प्रहरील्े सोमबार राति पौने १२ बजे नाउरको मासुसहित १ जनालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको टोलीले पावरहाउसमा चेकजाँच गर्ने क्रममा काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नं. ८ बस्ने वर्ष ६९ का बोरबहादुर लामाको साथमा दुर्लभ नाउर झारलको जस्तो देखिने मासु र हड्डी करिब १० किलो फेला पारेको थियो । लामालाई पक्राउ गरी थप अनुसन्धानका लागि वन कार्यालय पठाइएको छ ।








खरबारी बन्याे सुन्तला बगैँचा
सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया