वास्तविक सुकुम्बासीले भोगचलन गरेको प्रमाणित भएपछि पुर्जा दिइएको हो–पोखरेल

पोखरा ।
राष्ट्रिय भूमि आयोग कास्कीका अध्यक्ष गंगा पोखरेलले पोखरा महानगरपालिका वडा नम्बर २६ का सुकुम्बासी भीमबहादुर विकलाई जग्गाधनि प्रमाण पत्र (लालपूर्जा) वितरण गर्दा कुनै कैफियत नगरेकाे दावी गरेका छन् ।
लालपूर्जा पाउने विक वास्तविक सुकुम्बासी भएकाे र उनैले बर्षाैदेखि सोही जग्गा भोगचलन गर्दै आएको प्रमाणित भएपछि जग्गाधनि प्रमाणपत्र प्रदान गर्न सिफारिस गरेको समाधानलाई बताए ।
भीमबहादुर विक सुकुम्बासी हुन भन्ने कुरा सर्वोच्च अदालतसमेतले भनेको छ भन्दै उनकाे नाममा कही कतै जग्गा नभएकाे मालपाेतको LRMS सिस्टमले समेत प्रमाणित गरेको पोखरेलले बताए । राज्यले भूमि आयोग वास्तविक सुकुम्बासीलाई उनीहरुले भाेग चलन गरेको जग्गा प्रदान गर्नकै लागि बनाएकाले सम्पूर्ण प्रमाण पुगेपछि जग्गाधनि प्रमाणपत्र दिनका लागि सिफारिस गर्नुको विकल्प आफुसँग नरहेको उनको भनाई छ ।
०५२ सालकाे सुकुम्बासी समस्या समाधान आयोगले सो जग्गा सुकुम्बासी कै हो भनेको छ, स्थानीयको तहको सिफारिस र सर्जिमिन मुचुल्कामा बर्षाैदेखि भीमबहादुर विकले नै जग्गा भाेगचलन गर्दै आएका छन् भनिएकाे छ– पोखरेलले समाधानसँग भने ।
०६९ सालमा तत्कालिन सुकुम्बासी समस्या समाधान समितिले अमरज्योति प्राथमिक विद्यालयलाई निस्सा प्रदान गरेपनि विद्यालय सुकुम्बासीको हैसियत नभएको भन्ने लेखेरै निस्सा प्रदान गरेको बताउदै कास्की जिल्ला भूमि आयोगका अध्यक्ष पोखरेलले विद्यालयलाई निस्सा प्रदान गरेपछि पनि साे जग्गा भीमबहादुरले नै भोगचलन गर्दै आएकाे कागज पत्र पेश भएकाे दावी गरे ।
०६९ सालकाे सकुम्बासी समस्या समितिले सेतो पूर्जा हैन, सुकुम्बासी परिचय पत्र मात्र बाँडेको हो । मानिसबाहेक संघ सस्था वा सरकारी निकायलाई सुकुम्बासी परिचय पत्र दिनै मिल्दैन–पोखरेलले भने ।








संकटमा पत्रकार र पत्रकारिता: पोखरा घोषणापत्र जारी गर्दै गण्डकी प्रदेश भेला सम्पन्न
महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान
६० सहसचिवको सरुवा, गण्डकीमा ५ सचिव आउँदा २ जना बाहिरिए
सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया