हाम्रो बहुउद्देश्यीय सहकारीको रजत जयन्तीमा रक्तदान

पोखरा ।
पोखरा महानगर पालिका वडा नम्बर ८ न्युरोडस्थित हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाले बिहीबार २५ औं वार्षिकोत्सव तथा रजत जयन्तीको अवसरमा रक्तदान कार्यक्रम आयोजना ग¥यो ।
संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आएको छ । पश्चिमाञ्चल क्षेत्रीय रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ४६ युनिट रगत संकलन गरिएको थियो ।
कार्यक्रम उदघाटन गर्दै संस्थाका सल्लाहकार बोधराज पौडेलले पहिलो रक्तदाता तथा सेयर सदस्य पवित्रमणि भण्डारीलाई ब्लड ब्याग हस्तान्तरण गरी शुभारभ्भ गरिएको थियो । पौडेलले रक्तदान जत्तिको पवित्र कार्य अन्य नहुने बताए ।
संस्थाका उपाध्यक्ष तथा कार्यक्रमका संयोजक प्रकाश क्षेत्रीले सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाले विभिन्न सामाजिक कार्य गर्दै आएको बताए
सचिव नरेश तिमिल्सिनाले रगतको महत्व र आवश्यकता सबैलाई बुझाउनुपर्नेमा जोड दिएका थिए । उपाध्यक्ष प्रकाश क्षेत्रीको सभा अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य कोषाअध्यक्ष पीताम्बर (विनय) पराजुलीले राखे ।
कार्यक्रममा सल्लाहकार महेन्द्रराज अधिकारी, सल्लाहकार उमनाथ बराल, सल्लाहकार रमेश पौडेल, प्रमुख व्यवस्थापक शिव शर्मा वाग्ले, लेखा संयोजक राजुराज पौडेल, ऋण संयोजक गणेश पहारी, ऋण समितिका सदस्य क्या कृष्ण बहादुर गुरुङ र शिक्षा उपसमिति संयोजक कमला सुवेदी लगायतले संस्थाले गरेको कार्यको प्रशंसा गर्दै यस्ता सामाजिक कार्यलाई संस्थाले आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गरेका थिए ।
तपाईको प्रतिक्रिया