राष्ट्रिय माविमा २९ गते दौड प्रतियोगिता हुने

पोखरा ।
पोखरा १ हरिचोकमा रहेको राष्ट्रियमा माध्यमिक विद्यालयमा दौड प्रतियोगिता हुने भएको छ । हीरक महोत्सवको अवसरमा वैशाख २९ गते ५ किलोमिटर दौड प्रतियोगिता हुन लागेको हो ।
२००६ सालमा स्थापना भएको विद्यालयको हीरक महोत्सवका अवसरमा विविध खेलकुद कार्यक्रमहरू आयोजना गरिएको विद्यालयले बताएको छ ।
विद्यालयका अनुसार छात्र/छात्रा सडक दौड प्रतियोगिता बिहान ६ः३० बजेदेखि सुरु हुनेछ । प्रतियोगितामा कक्षा १० सम्म का विद्यार्थी मात्र सहभागी हुन पाउनेछन् । विद्यालयकाे खेल मैदानबाट सुरु भएर हरिचाेक हुँदै विन्धवासिनी मन्दिर, मन्दिरबाट बागलुङ बसपार्क, भिमसेन मन्दिर चाेक, कन्या क्यामपस, बाल मन्दिर चाेक, पिएन क्याम्पस, भिमकालिन चाेक, वडा नम्बर १ वडा कार्यालय र सिमपानी हुँदै विद्यालयमा आएर टुंगिने छ ।
दर्ता गर्न विद्यालयको सिफारिस पत्र वा विद्यार्थी परिचयपत्र अनिवार्य देखाउनुपर्ने तथा दर्ता २७ गते सम्म गर्न सकिने विद्यालयले बताएको छ । इमेल मार्फत पनि नाम दर्ता गर्न सकिने छ । इमेल आइडि poudeldip20@gmail.com ।
प्रतियोगिता विद्यालयको खेलमैदानमा हुनेछ । त्यस्तै विद्यालय स्तरिय छात्र/छात्र छेलो (ठेलो) प्रतियोगिता र जिल्ला स्तरिय छात्र/छात्रा भलिबल प्रतियोगिता असोजमा हुनेछ ।









न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
ध्रुव माविको वार्षिकोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया