होमस्टे महासंघ गण्डकीको प्रशिक्षक प्रशिक्षण

पोखरा ।
होमस्टे महासंघ गण्डकीको प्रशिक्षक प्रशिक्षण आइतबारदेखि पोखरामा सुरु भएको छ । उक्त प्रशिक्षणको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले गरेका थिए । प्रशिक्षण ७ दिन चल्नेछ । पौडेलले होमस्टे सञ्चालकहरूको स्थानीय पर्यटन प्रबद्र्धनमा महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै आन्तरिक पर्यटन प्रबद्र्धनका काममा योजनाबद्ध तवरले लाग्न आग्रह गरे ।
पौडेलले स्थानीय उत्पादनको प्रयोगमा जोड दिन आग्रह गर्दै स्थानीय कला संस्कृतिको पहिचान, संरक्षण र प्रचार प्रसार संगै स्थानिय गन्तव्यहरूको उचित सम्भार र विकासका कार्यक्रम सञ्चालन आजको टड्कारो आवश्यकता भएको भन्दै स्थानीय तहहरूले सोही अनुसार नीति कार्यक्रम निर्माण गर्न आग्रह गरे ।
कार्यक्रममा होमस्टे महासंघका केन्द्रीय उपाध्यक्ष थानेश्वर बस्याल, महासंघकै केन्द्रीय महासचिव कृष्णलाल चौधरी, होमस्टे महासंघ गण्डकीका सचिव कृष्ण तिमिल्सिना, भुम्दी आमा समूहका अध्यक्ष राधा गुरुङ, भुम्दी टुनार सामुदायिक होमस्टेका अध्यक्ष राम गुरुङ सहितले मन्तव्य व्यक्त गरेका थिए ।
होमस्टे महासंघ गण्डकीका अध्यक्ष धनिराम गैरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष मोहन खनाल र सञ्चालन होमस्टे महासंघ गण्डकीका निवर्तमान अध्यक्ष हरिलाल पौडेलले गरेको भुम्दीका स्थानीय होमस्टे सञ्चालक याम गुरुङले जानकारी दिए ।









शिवशक्ति क्याम्पस व्यवस्थापन समितिमा दोहोरिए टुबराज
२० जना जिल्ला न्यायाधीशका लागि सिफारिस
भिजिट भिसा प्रकरणमा मुछिएका उपसचिव तिवारीको पर्वतमा सरुवा
२१ औं लेखनाथ महोत्सव सम्पन्न: ११ करोड २० लाखको कारोबार, ३ लाख ३५ हजार दर्शक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया