अधिकारी सरकारविरुद्धको रिटमा सुनुवाइ सकियो, केहीबेरमा आदेश आउने

पोखरा ।
गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा साेमबार अपरान्ह ३ बजेपछि सुनुवाइ सकिएको छ । न्यायाधीशद्वय सपना मल्ल प्रधान र सारंगा सुवेदीको इजलासले आजै केही बेरमा उक्त रिटमा आदेश गर्नेछ ।
रिट निवेदक निवर्तमान मुख्यमन्त्री सुरेन्द्राराज पाण्डेले दायर गरेको रिटमा आज दुवै पक्षले बहस गरेका थिए ।
अधिकारीका पक्षबाट वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, रमणकुमार श्रेष्ठ, रमेश बडाल, टीकाराम भट्टराई, अमर थापा, रविनारायण खनाल, हरि सुवेदी, कृष्णभक्त पोखरेल, ईश्वरी भट्टराई, अधिवक्ताहरु डा. राजेन्द्र घिमिरे, माधव बस्नेत, भोजराज आचार्य, गण्डकी प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता कृष्णप्रसाद अधिकारी र मुकुन्द अधिकारीले बहस गरेको गण्डकीका पूर्व मुख्य न्यायाधिवक्ता श्रीकान्त बरालले जानकारी दिए । यसअघि १० गतेको सुनुवाइमा बरालसमेतले बहस गरेका थिए । उनीहरुले पाण्डेले दायर गरेको रिट खारेजको माग गरेका थिए ।
पाण्डेका तर्फबाट वरिष्ठ अधिवक्ताहरु पूर्णमान शाक्य, विजयराज मिश्र र खम्बबहादुर खाती लगायतले बहस गरेका थिए ।
तत्कालीन मुख्यमन्त्री पाण्डेले चैत २१ गते राजीनामा गरेका थिए । त्यसपछि एमालेका २२, माओवादीका ८ र १ स्वतन्त्र सांसद गरी ३१ जना अर्थात ६० सदस्यीय गण्डकी प्रदेश सभाका बहुमत सांसदको समर्थन भनी एमाले संसदीय दलका नेता खगराज अधिकारीले मुख्यमन्त्रीमा चैत २५ गते दाबी गरेका थिए । सोही दिन उनको नियुक्ति भएको थियो। माओवादीले ८ जना सांसद भने पनि एकजना सभामुख रहेको भन्दै अधिकारीको नियुक्तिविरुद्ध पाण्डे सर्वोच्च गएका हुन् ।








६० सहसचिवको सरुवा, गण्डकीमा ५ सचिव आउँदा २ जना बाहिरिए
सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
चुनाव आउन ७५ दिन बाँकी : देशभर १० हजार ९६७ मतदान स्थल कायम, १६८ थपिए
पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया