प्रश्नपत्र आउट गर्ने शिवशक्ति माविका २ शिक्षक पक्राउ

पोखरा ।
कक्षा १२ को प्रश्नपत्र आउट गरेको आरोपमा दुई जनालाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार बिहान ९ बजे पोखरा ११ फूलबारी स्थित शिवशक्ति माध्यमिक विद्यालयबाट कक्षा १२ को सामाजिक शिक्षा विषयको प्रश्नपत्र विद्युतीय माध्यमबाट आउट भएको थियो ।
सोही आरोपमा सोमबार प्रहरीले २ जना शिक्षकलाई नियन्त्रणमा लिएको हो । प्रहरीले आरोपित पोखरा ११ फूलबारी बस्ने ३९ वर्षीय नारायण बास्तोला र सोही ठाउँका ३७ वर्षीय रामचन्द्र बास्तोलालाई नियन्त्रणमा लिएको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।
प्रहरीले नियन्त्रणमा लिएका दुवै शिक्षक शिवशक्ति माध्यमिक विद्यालयमा अध्यापन गर्थे । उनीहरुले प्रश्नपत्र आउट गरी कसलाई पठाए भन्ने अनुसन्धान भइरहेको डिएसपी शर्माले जानकारी दिए ।
आइतबार प्रश्नपत्र आउट गरेको उजुरी गण्डकी प्रदेश प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय रामबजारमा परेको थियो । प्रहरीले उनीहरुको साथबाट कक्षा १२ को थप उत्तरपुस्तिका ८ थान र मोबाइल फोन ३ थानसहित नियन्त्रणमा लिएको छ ।
उनीहरुमाथि शिक्षा ऐन २०२८, अन्तर्गतको कसुरमा जिल्ला अदालतबाट अनुमति लिई अनुसन्धान गरिरहेको डिएसपी शर्माले जानकारी दिए ।









कास्कीमा १७ हजार बढी नयाँ मतदाता थप
सामुदायिक सेवा केन्द्रलाई सहयोग
‘विद्यार्थीलाई साइबर अपराधबाट जोगाऔं’
कृषिबाट पर्यटनतर्फ ठिनी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया