ब्लड बैंकलाई लुम्बिनी बैंकको सहयोग

पोखरा ।
लुम्बिनी विकास बैंक लिमिटेडले नेपाल रेडक्रस सोसाइटी कास्कीको गण्डकी प्रादेशिक रक्त सञ्चार सेवा (ब्लड बैक)को प्रयोगशाला व्यवस्थापनका लागि आवश्यक पर्ने उपकरण सहयोग गरेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम (सिएसआर) अन्तर्गत ७५ हजार पर्ने डिजिटल हट एयर ओभन नामक उपकरण खरिद गरी हस्तान्तरण गरेको बैंकका सञ्चालक समितिका सदस्य रामचन्द्र सिग्देलले जानकारी दिए । सञ्चालक सिग्देलले रेडक्रस जस्तो मानवीय सेवाको क्षेत्रमा काम गर्ने संस्थालाई सहयोग गर्न पाएकोमा बैंकको गरिमा बढेको उल्लेख गरे ।
उनले सहयोग गरेको उपकरणले प्रयोगशाला व्यवस्थापनमा सकारात्मक प्रभाव पर्ने बताए । उनले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ आधुनिक तथा नविनतम प्रविधि सहितको सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले आगामी दिनमा समेत निरन्तर रुपमा सहयोग गर्ने जानकारी दिए ।
नेपाल रेडक्रस सोसाइटी कास्की सभापति डण्डराज शर्मा पौडेलले गण्डकी प्रदेश स्तरको रक्त सञ्चार सेवाको भवनको निर्माण कार्य सम्पन्न भई प्रयोगशालाको लागि उपकरण खरिद र जडानको काम भइरहेको जानकारी दिए । उनले सबै खालका सुविधासहित गुणस्तरीय रक्त सञ्चार सेवाका लागि आवश्यक उपकरण जुटाउने काम भएको बताए । उनले बैंकले गरेको सहयोग प्रति आभार प्रकट गर्दै आगामी दिनमा समेत सहकार्य गर्ने विश्वास व्यक्त गरे ।
रेडक्रस सोसाइटी कास्कीका उपसभापति धर्मराज अधिकारीले रक्त सञ्चार सेवाका गतिविधिबारेमा प्रकाश पारेका थिए । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्कीका उपमन्त्री रमा कोइराला, बैंकका लेकसाइड शाखाका प्रमुख महेन्द्रकुमार श्रेष्ठ, महेन्द्रपुल शाखाका प्रमुख गोपीराज अधिकारी, छोरेपाटन शाखाका प्रमुख प्रकाशचन्द्र पहारी, न्युरोड शाखाका प्रमुख बलबहादुर ढकाल, रामबजार शाखाका प्रमुख बालकृष्ण वन, फुलबारी शाखाका प्रमुख विक्रम गिरी, लामाचौर शाखाका प्रमुख नवीन तझ्या लगायतले बोलेका थिए ।
सातै प्रदेशमा शाखा कार्यालय सञ्चालन गरी कारोबार गरेको बैंकको देशका विभिन्न ८७ शाखा कार्यालय तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउन्टर) छ । ग्राहकको आवश्यकता अनुसार सेवा दिने उद्देश्यले बैंकले विभिन्न प्रकारका निक्षेप योजनाका साथ शुलभ तरिकाले विभिन्न प्रकारका कर्जा प्रवाह गरेको सञ्चालक सिग्देलले जानकारी दिए ।








राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
कास्कीमा एक महिनामा १८६ मुद्दा दर्ता, फरार प्रतिवादीबाट ३५ लाख बढी असुल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया