‘सामाजिक संघ, संस्था विकासका साझेदार’
पोखरा ।
बाल अधिकारको प्रवद्र्धन र महिला सशक्तीकरणको क्षेत्रमा कार्यरत चिल्ड्रेन नेपालको मंगलबार आर्थिक वर्ष २०७९/०८० को सामाजिक लेखाजोखा कार्यक्रम भएको छ । संस्थाले गरेका गतिविधिबारे सरोकारवालालाई जानकारी दिन तथा संस्थागत सुशासनका लागि कार्यक्रम गरेको संस्थाका अध्यक्ष शान्त पौडेलले बताए ।
पोखरा महानगरपालिका वडा नम्बर ७का अध्यक्ष राममोहन आचार्यले सामाजिक संघ, संस्था विकासको साझेदार भएकोले स्थानीय तहले समन्वय र सहकार्य गर्ने बताए । ‘आधारभूत तहका नागरिकको सशक्तीकरण र मानवीय विकासको क्षेत्रमा वडा कार्यालय सहकार्य गर्न तयार छ,’ उनले भने, ‘बालबालिकाको शिक्षा, स्वास्थ्य बीमाको क्षेत्रमा सामूहिक रुपका काम गरेका छाैं ।’ उनले सरोकारवाला सबैको समन्वयमा लक्षित समूहका जनताको अपेक्षालाई पूरा गर्ने प्रतिवद्धता गरे ।
गैर सरकारी संस्था महासंघ गण्डकी प्रदेशका अध्यक्ष गोपाल खड्काले सामाजिक संघ, संस्था दातृ निकायमा भरमा मात्र नपरी आन्तरिक स्रोत बढाएर आत्म निर्भर बन्नुपर्ने बताए । संस्थाले ४० प्रतिशत आन्तरिक स्रोतको व्यवस्थापन र परिचालन गरेको उल्लेख गर्दै उनले आन्तरिक स्रोत बढाउन व्यवसायिक योजना बनाएर काम गर्न सुझाव दिए ।
संस्थाका कार्यकारी निर्देशक डिल्लीप्रसाद शर्माले सरोकारवालासँगको साझेदारी, समन्वय र सहकार्यमा काम गरेको जानकारी दिए । उनले २३ हजार २ सय ८० लक्षित समूहलाई सेवा प्रदान गरेको बताए । सहजकर्ता दीपेन्द्र श्रेष्ठले बहुपक्षीय लक्षित समूह बनाएर काम गर्न र छात्रवृत्तिमा विविधिकरण गर्न सुझाव दिए । उनले कर्मचारीको लागि उपदानका व्यवस्था गर्न आग्रह गरे ।
कार्यक्रममा सामाजिक विकास कार्यालय कास्कीका प्रमुख ईन्द्रबहादुर थापा, इन्सेक गण्डकी प्रदेशका संयोजक शिव खकुरेल, राष्ट्रिय मानव अधिकार आयोगका मानव अधिकार अधिकृत खीमलाल सुवेदी, प्रगतिशील माध्यमिक विद्यालयका प्रधानाध्यापक नवराज पौडेल, सहारा बाल आधारभूत विद्यालयका प्रधानाध्यापक लोचना अधिकारी, उद्योगी रामकली खड्का, संस्थाका महासचिव जयन्द्र भट्टराई, सरोज आचार्य, विद्यार्थीहरु कुशल थपलिया, अनिसा सुनार, सुनिता भित्रकोटी लगायतले संस्थाका सबल र सुधार गर्नु पक्षबारे बोलेका थिए ।









चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : लेकाली र देउराली पनि गुञ्जिने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया