प्रदेश स्तरीय बेइजिङ प्लस ३० परामर्श कार्यशाला

पोखरा ।
महिलाका सवालमा उठाइएका विभिन्न संवैधानिक व्यवस्था, लैंगिक समानता र सशक्तीकरण, स्वास्थ्य शिक्षा लगायतका विषयका व्यवहारिक पक्षलाइ सबल बनाउनु पर्ने लगायत वेइजिङ कार्यनीति माथिको कार्यान्वयको अवस्थाको बारेमा प्रदेश स्तरीय बेइजिङ प्लस ३० परामर्श सम्पन्न भएको छ ।
वियोण्ड बेइजिङ कमिटि गण्डकी प्रदेशको आयोजनामा बेइजिङ प्लस ३० परामर्शमा गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री एवम प्रदेश सभा सदस्य सीता सुन्दासले राज्यका तिनै तह तथा सम्पूर्ण निकायमा महिलालाई समानुपातिक एवं अर्थपूर्ण साझेदारी अपरिहार्यतामा जोड दिइन् ।
उनले नीति निर्माण तहमा महिलाको उपस्थिती बढाउन महिला सशक्तिकरणमा जोड दिएर सामुहिक सोचबाट अघि बढ्नु पर्ने भन्दै बनेका नीति नियमको प्रभावकारी ढंगले कार्यान्वयन भए–नभएको अनुगमन गर्न प्रभावकारी संयन्त्र बनाउनु पर्नेमा जोड दिइन् ।
परामर्शमा गैरसहकारी संस्था महासंघका गण्डकीका अध्यक्ष गोपाल खड्काले महिलाको स्थितिको अध्ययन गरेर सोही अनुसारको कार्यक्रम तय गर्नुपर्ने बताइन् । राष्ट्रिय अपाङ्ग महासंघ गण्डकीका खुमराज सुवेदीले राष्ट्रिय अन्तराष्ट्रिय कानुनहरु बने पनि कार्यान्वयनका पक्ष भने प्रभावकारी हुन नसकेको धारणा राख्दै समानता कायम गर्न देखिएका अवरोधहरु केके हुन त्यसको पहिचान गर्न आवश्यक रहेको बताइन् ।
कार्यक्रममा गण्डकी प्रदेशका पूर्व प्रदेशसभा सदस्य प्रभा कोइराला, रुपा गाउँपालिकाका उपाध्यक्ष लालसुवा गुरुङ, मुस्लिम महिला आमा समुहका अध्यक्ष नास्वुन निसा खान लगायतले सामाजिक न्याय र समानताका लागि महिलाको भुमिकाको महत्वमाथि धारणा राख्दै विभेद र हिंसा न्युनिकरणमा समविकासमा जोड दिनुपर्ने धारणा राखे ।
वियोण्ड वेइजिङ गण्डकीका अध्यक्ष उषा बरुवालले प्रदेश स्तरीय परामर्शको औचित्य माथि प्रष्ट पार्दै १९९५ मा वेइजिङ घोषणापत्रलाई प्रत्येक पाँच पाँच वर्षमा समिक्षा गर्दै प्रतिवेदन बुझाइने र यसले नीति निर्माणमा भुमिका खेल्ने बताइन् ।
वेइजिङ भएको चौथो विश्व महिला सम्मेलन १९९५ वेइजिङ घोषणापत्र पारित भएको थियो ।
इन्सेक पैरवी विभागका प्रमुख सम्झा श्रेष्ठले वेइजिङ्ग घोषणापत्र र कार्यमञ्च को बारेमा प्रस्तुती राख्दै महिलाहरुको लागि समानता, विकास, शान्ति प्राप्त गर्ने उदेश्यको अन्तराष्ट्रिय प्रतिवद्धताको रुपमा रुपमा यसको महत्व माथि प्रकाश पारे ।
गण्डकी प्रदेशका ११ जिल्लाबाट उपस्थित सहभागीहरुले वेइजिङ कार्यनीतिका १२ वटा सरोकारका सवालहरु ‘महिला र गरिबी’, ‘महिला र वातावरण’, ‘महिला र अर्थतन्त्र’, ‘महिला शिक्षा र तालीम’ र ‘महिला र स्वास्थ्य’ ‘महिला विरुद्धको हिंसा’, ‘महिला सशस्त्र संघर्ष’, ‘महिला र अर्थतन्त्र’, ‘शत्ति संरचनन र निर्णय तहमा महिला’, ‘महिला विकासका लागि संस्थागत संरचना’, ‘महिलाको मानव अधिकार महिला र सञ्चार,’ ‘बालिका’ विषयको समिक्षा गर्दै सुझाव सहितको प्रस्तुती राखेका थिए ।
वियोण्ड वेइजिङ कमिटिका एक्सपर्ट अन्जना केसीले समानतामुलक समाजका लागि निरन्तरको खबरदारी र कानुनको कार्यान्वयनमा जोड दिनुपर्ने धारणा राख्दै सहभागिहरुलाई धन्यवाद व्यक्त गरिन् ।









न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
ध्रुव माविको वार्षिकोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया