मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मतविरुद्ध कांग्रेसद्धारा सर्वोच्चमा रिट दर्ता

समाधान संवाददाता २०८१ वैशाख २५ गते १२:४७

पोखरा ।

Advertisement

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी आइतबार प्रदेशसभाबाट पाएको विश्वासको मतविरुद्ध नेपाली कांग्रेस संसदीय दलले सर्वोच्चमा रिट दर्ता गरेको छ । कांग्रेसले मंगलबार सर्वोच्च अदालतमा रिट दिएको हाे ।

कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले मुख्यमन्त्री अधिकारीले विश्वासको मत नै नपाएको अवस्थामा सभामुखले विश्वासको मत पाएको घोषणा गरेको भन्दै त्यसलाई बदर गर्न माग रिटमा गरेका छन् ।

Advertisement

उनले संविधानको धारा १६८ (२) अनुसार नियुक्त मुख्यमन्त्री अधिकारीले विश्वासको मत नपाई स्वतः पदमुक्त भएको भन्दै प्रदेशसभाको ठूलो दलको नेताको हैसियतमा आफूलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश माग गरेका छन् ।

“विपक्षी प्रत्यर्थी खगराज अधिकारीले मुख्यमन्त्रीमा विश्वासको मत प्राप्त गर्न अनेक जालझेल गरी बहुमत पुग्दै नपुगेकोमा बहुमत संख्या पुगेको भनि देखाइ विश्वासको मत पारित भएको भन्दै गरिएको घोषणा गर्ने कार्य प्रथम दृष्टिमा गैरकानुनी र त्रृटिपूर्ण भएको हुँदा घोषणालगायत सम्पूर्ण निर्णय कामकारबाहीमाथि उल्लेखित संवैधानिक प्रावधानको विपरीत भएको हुँदा मिति २०८१र०१र२३ मा विश्वासको मत लिने सम्बन्धमा सभामुखबाट भएको घोषणा उत्प्रेषणको आदेशले बदर गरी पाऊँ,” रिट निवेदनमा उल्लेख गरिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया