पारदर्शी ‘नथिङ फोन टु’ नेपालमा

काठमाडौं ।
बेलायती ब्रान्ड नथिङ मोबाइल नेपालमा सार्वजनिक भएको छ । नेपालका लागि आधिकारिक वितरक सीजी मोबाइलले सार्वजनिक गरेको हो । कम्पनीले दुई भेरियन्टमा ‘नथिङ फोन टू’ नेपालमा सार्वजनिक गरेको हो ।
नथिङ फोन टूमा टूजीदेखि फाइभजी प्रविधि छ । गोरिल्ला ग्लास र अलुमिनियम फ्रेम रहेको फोनमा दुईवटा सीम कार्ड लाग्छ । १६०० निट्स अधिकतम ब्राइटनेस रहेको फोनमा ६.७ इञ्चको एलटीपीओ ओलेड डिस्प्ले छ ।
एन्ड्रोइड १३ रहेको फोन एन्ड्रोइड १४ मा अपग्रेड गर्न सकिने र नथिङ अपरेटिङ सिस्टम २.५.३ मा आधारित रहेको कम्पनीले जनाएको छ । यसमा चार एनएम प्रोसेस टेक्नोलोजी प्रयोग गरिएको क्वालकमको एसएम ८४७५ स्न्यापड्र्यागन ८प्लस जेन१ चिपसेट छ ।
फोनमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा र ३२ मेगापिक्सेलको सेल्फी क्यामेरा छ । पछाडिको क्यामेराबाट ४के भिडियो ३० र ६० एफपीएसमा खिच्न सकिन्छ भने अगाडिको सेल्फी क्यामेराबाट १०८० पिक्सेलको भिडियो ३० एफपीएसमा खिच्न सकिने कम्पनीले जनाएको छ ।
फिंगरप्रिन्ट सेन्सर रहेको फोनमा ४७०० एमएएचको लिथियम आयन ब्याट्री छ । नथिङ फोन टूलाई ४५ वाटको चार्जरबाट ५५ मिनटेमा फुल चार्ज गर्न सकिने कम्पनीको भनाइ छ । सेता र डार्क ग्रे रङमा दुई भेरियन्टमा नथिङ फोन टू नेपालमा उपलब्ध रहेको सीजी मोबाइल्सले जनाएको छ ।
जसमा १५ जीबी र्याम र २५६ जीबी स्टोरेज भएको भेरियन्टको मूल्य ७५ हजार ६९९ रुपैयाँ छ । यस्तै, १२ जीबी र्याम र ५१२ जीबी स्टोरेज भएको फोनको मूल्य ८३ हजार २९९ रुपैयाँ छ ।









राजनीतिक एकता : पदको भागबन्डा कि व्यवस्थागत परिवर्तनको अवसर
६ दशकदेखि निरन्तर पढाउँदै रुप सर
विद्यार्थीलाई न्यानो कपडा र स्टेसनरी सहयोग
लेखनाथ जन्मजयन्ती मनाइँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया