मकैको भुत्लाबाट फूल बनाउने तालिम

समाधान संवाददाता २०८१ वैशाख ३० गते १२:४२

लेखनाथ ।
पोखरा महानगरपालिका वडा नम्बर ३० को आयोजनामा भएको मकैको भुत्लाबाट फूल बनाउने तालिम सकिएको छ ।

Advertisement


महिलाहरुको सशक्तिकरण एवं आयआर्जनमा टेवा पुगोस भन्ने तालिमको उद्देश्य रहेको तालिमकी संयोजक एवम वडा सदस्य उमा परियारले बताइन् ।


तालिममा सहभागी भेषु पुनले खेर जाने वस्तुबाट वातावरणमैत्री फूलहरु बनाउँदा वातावरण प्रदूषण हुनबाट जोगिनुका साथै आयआर्जनको माध्यम बनेर महिलालाई आत्मनिर्भर बनाउने बताइन् ।

Advertisement


गत २० गतेबाट सुरु भई २८ गतेसम्म चलेको तालिममा २० जना दलित तथा जनजाती महिलाहरु सहभागी थिए ।

प्रशिक्षार्थीलाई वडाध्यक्ष दुर्गाप्रसाद सुवेदीले प्रमाण पत्र वितरण गरेका थिए । हेमकुमारी पुनले प्रशिक्षण दिएकी थिइन् ।

Advertisement

तपाईको प्रतिक्रिया