पोखरा २७ पूर्ण खोप वडा घोषणा

लेखनाथ ।
पोखरा महानगरपालिका वडा नम्बर २७ लाई पूर्ण खोप वडा घोषणा गरिएको छ । वडाका सबै बालबालिकालाई पूर्ण खोपका मात्र प्रदान गरिएको तथ्याङ प्रस्तुत गरी आइतबार पूर्ण खोपको प्रमाणपत्र प्रदान गरिएको हो ।
वडाभित्रका ५ सय ८७ जना बालबालिकालाई १३ प्रकारका खोप दिइएको वडाध्यक्ष पुर्णकुमार गुरुङले जानकारी दिए ।
वडाध्यक्ष गुरुङले बालबालिकाको मृत्युदर घटाउन र बच्चालाई कसरी निरोगी बनाउन सकिन्छ भन्ने बारेमा वडा चिन्तनशिल रहेका बताउँदै सबैको साथ र सहयोगको आवश्यकता रहेको बताए ।
पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाका स्वास्थ्य अधिकृत हरिलाल आचार्यले वडाध्यक्ष गुरुङलाई प्रमाणपत्र प्रदान गर्दै बालबालिकाको स्वास्थ्यलाई ख्यालमा राखेर रोग लाग्नुपूर्व नै होशियारी अपनाउन आग्रह गरे ।
कार्यक्रममा स्वाथ्यचौकीकी प्रमुख रीता बास्तोला र स्वाथ्यकर्मी सविना बस्ताकोटीले बच्चासहित आमाको स्वास्थ्यलाई पनि ख्याल गर्दै घर घरमा पुगेर स्वास्थ्य परामर्श र खोप लगाएको बताए ।








हेरालो प्रतिष्ठान कास्कीमा धनराज पुरी दोहोरिए
‘पोखरा २४ घन्टा खुला’ गर्न पर्यटन व्यवसायीलाई छैनन् तयार, भन्छन्– ३ सिफ्टमा कर्मचारी खटाउन सकिँदैन
मुम्बईमा आइसिसी टी–२० वर्ल्डकपमा नेपालको खेल प्रत्यक्ष हेर्ने सुवर्ण अवसर
सार्वजनिक सुनुवाइमा अन्नपूर्णका स्थानीयका गुनासै गुनासा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया