रूपा गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका

पोखरा ।
कास्कीको रूपा गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएको छ । आइतबार उक्त पालिकाको स्वास्थ शाखाले विशेष कार्यक्रमको आयोजना गरेर सो घोषणा गरिएको हो ।
जिल्ला जिल्ला खोप समन्वय समिति कास्कीका संयोजक तथा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले कास्की जिल्ला रूपाको उक्त घोषणासँगै छिट्टै कास्कीलाइ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणाको तयारी भएको जानकारी दिए ।
पौडेलले सो घोषणाले कास्कीमा कुनै पनि बालबालिका खोपबाट बञ्चित हुनु नपर्ने भन्दै निरन्तरतामा अझ घनिभूत ढंगले लागिपर्न पालिकालाई आग्रह गरे ।
पौडेलले खोप प्राप्त गर्ने बालबालिकाको नैसर्गिक अधिकार भएको र पूर्ण खोपको प्रत्याभूतिसँगै सरकारले परिकल्पना गरेको आधारभूत स्वास्थ सेवा ग्यारेन्टी गर्दै स्वस्थ नागरिक निर्माणमार्फत समृद्ध नेपाल सुखी नेपालीको नारा साकार हुने विश्वास व्यक्त गरे ।
रूपा गाउँपालिका अध्यक्ष नवराज ओझाले सुनिश्चितता घोषणा गर्ने कार्य सम्पन्न भएसँगै र यसको निरन्तरतामा पालिका कटिबद्धताका साथ लाग्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा जिल्ला समन्वय समिति कास्की सदस्य हर्कबहादुर गुरुङ, गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चिरञ्जीवी बराल, स्वास्थ शाखा प्रमुख रामचन्द्र ओझा, जनस्वास्थ्य कार्यालय कास्कीका खोप अधिकृतद्वय एकनारायण लम्साल र बद्री आचार्य, राधा सुवेदी लगायतले बोलेका थिए ।









राष्ट्रियसभा चुनाव : उम्मेदवारले साढे ३ लाखसम्म खर्च गर्न पाउने, कुन शीर्षकमा कति ?
वालिङमा गजल उत्सव : गुरुप्रसाद ढकालको ‘रात्री आकाश’ सार्वजनिक
न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया