६९ युनिट रगत संकलन
समाधान संवाददाता
२०८१ वैशाख ३१ गते ११:४८

पोखरा ।
नेपाल बिमा प्राधिकरणको ५६ औं वार्षिकोत्सवको अवसरमा आइतवार भएको रक्तदानमा ६९ युनिट रगत संकलन भएको छ । प्राधिकरणको गण्डकी प्रदेश कार्यालयले रक्तदान आयोजना गरेको हो ।
नेपाल बिमा प्राधिकरण गण्डकी प्रदेशका प्रमुख केशवप्रसाद दाहालले रक्तदान जीवन दान भएकाले रक्तदान गर्नुपर्नेमा जोड दिए । निप्स पोखरा च्याप्टरका अध्यक्ष वद्रीनाथ पौडेलले प्राधिकरणले गरेका गतिविधिको प्रशंसा गर्दै वार्षिकोत्सवको सफलताको शुभकामना दिए । उनले स्वस्थ व्यवसाय गरी बिमा व्यवसायको दायरा बढाउन आग्रहसमेत गरे ।
कार्यक्रममा जीवन तथा निर्जीवन बिमाका कर्मचारी, बिमा अभिकर्ता, सर्भेयर लगायतको सहभागिता थियो । कार्यक्रम सञ्चालन नेपाल बिमा प्राधिकरणका सहायक निर्देशक सुन्दरप्रसाद शर्माले गरेका थिए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया