हिंसा रोक्न पुरुषको सहभगिता जरुरीः सिंह

पोखरा ।
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीले नयाँ वर्ष २०८१ को अवसरमा ‘सामुदायिक सन्देश’ बुलेटिन प्रकाशन गरेको छ । कास्कीका क्रियाशील सबै सामुदायिक सेवा केन्द्रले गरेका गतिविधिलाई समेटेर बुलेटिन प्रकाशन गरेको अध्यक्ष भीम पराजुलीले जानकारी दिए ।
गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) दुर्गा सिंहले बुलेटिनको विमोचन गर्दै लैंगिक हिंसा न्यूनीकरणका लागि पुरुषको सहभागिता आवश्यक पर्ने बताइन् ।
‘घर, परिवारमा महिलाको भन्दा पुरुषको बोलवाला चल्छ,’ उनले भनिन्, ‘पुरुषलाई पनि सचेतनामूलक कार्यक्रम गर्नु पर्छ । पुरुषको सहभागिता बढाएर लैंगिक हिंसाका घटना निवारण गर्न सकिन्छ ।’
उनले समाजमा मानसिक स्वास्थ्यको समस्या बढेकाले मनोसामाजिक विमर्शको कार्यक्रम बढाउनुपर्ने सुझाव दिइन् । नेपाल प्रहरीका दर्ता भएको अपराधका घटनामा लागुऔषधसम्बन्धी धेरै भएको उल्लेख गर्दै उनले लागुऔषध दुव्र्यसनको मुल कारण पहिचान गर्नुपर्ने बताइन् ।
नेपाल प्रहरीले स्थानीय समुदायसँगको सहकार्यमा शान्ति, सुरक्षा कायम गरी समुन्नत समाज निर्माण गर्न सक्ने जानकारी दिँदै उनले शान्ति, सुरक्षा, अपराध रोकथाम तथा अनुसन्धानको लागि प्रहरीले समुदायसँगको सहकार्य बढाउने उल्लेख गरिन् ।
डिआइजी सिंहले प्रहरी शासक नभएर सेवक भएको चर्चा गर्दै बोलीमा नम्रता र कानुनमा कठोरता बन्न निर्देशन दिइन् । उनले समुन्नत समाज निर्माणका लागि स्वस्थ शरिर, पारिवारिक सुख र स्वदेशको बास आवश्यक रहेको बताइन् । पोखरा महानगरपालिका वडा नम्बर ६ का अध्यक्ष विष्णुबहादुर भट्टराइले समाजका विकृति विसंगति अन्त्यका लागि वडा कार्यालयले सहकार्य गर्ने बताए ।
सामुदायिक सेवा केन्द्रका अध्यक्ष पराजलीले संघ, संस्था दर्ता ऐन अन्तर्गत जिल्ला प्रशासन कार्यालयमा दर्ता भएर सामुदायिक सेवा केन्द्रहरु सञ्चालित रहेको जानकारी दिए । गृह मन्त्रालयको निर्देशिका अनुसार काम गरेका सामुदायिक सेवा केन्द्रलाई नेपाल प्रहरीको ऐनले समेट्न नसकेको उल्लेख गर्दै उनले प्रदेशमा प्रहरी ऐन निर्माणका क्रममा ध्यान दिन आग्रह गरे ।
नयाँ बन्ने प्रहरी ऐनमा सामुदायिकको भूमिका समेटिन पर्ने चर्चा गर्दै उनले प्रहरीसँगको सहकार्य, काम कर्तव्य र भूमिका ऐनमा समेटिए सामुदायिक सेवा केन्द्रहरुलाई काम गर्न सहज हुने विश्वास व्यक्त गरे । कार्यक्रममा प्रहरी वरिष्ठ नायब निरीक्षक होतबहादुर रोकायाले सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत कास्कीका सबै सामुदायिक सेवा केन्द्रले गरेको गतिविधिबारे प्रकाश पारे ।
सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समितिका कास्कीका प्रथम उपाध्यक्ष तथा बुलेटिन प्रकाशन समिति अध्यक्ष मनपति भण्डारी, महासचिव घनश्याम तिम्सिना, लेखनाथ सामुदायिक सेवा केन्द्रका उपाध्यक्ष गंगा खनाल लगायतले शान्ति, सुरक्षाका बारेमा बोलेका थिए ।









न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
ध्रुव माविको वार्षिकोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया