ट्राफिक सप्ताह कार्यक्रम सकियो

पोखरा ।
गण्डकी प्रदेश स्तरीय गत २५ गतेदेखि सुरु भएको ट्राफिक सप्ताह कार्यक्रम समापन भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गगनगौडा कास्की र जिल्ला ट्राफिक कार्यालय कास्कीको संयुक्त आयोजनामा सोमबार पोखरामा ट्राफिक सप्ताह समिक्षा तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
सप्ताह कार्यक्रम अन्तर्गत ट्राफिक जनचेतनामूलक लगायत विभिन्न ३१ शिर्षकमा कार्यक्रमहरु गरिएको र गण्डकी प्रदेशका झण्डै ३ लाख जना लाभान्वित भएको डिएसपी श्रवणकुमार विकले जानकारी दिए ।
सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनिकरण’ सप्ताह व्यापी कार्यक्रममा प्रशासन, सुरक्षा निकाय, यातायात व्यवसायी, चालक तथा सहचालक, पर्यटन व्यवसायी, विद्यालय, स्वास्थ्यकर्मी, आमा समुह, गैरसरकारी सघंसस्था, पत्रकार र स्थानीय नागरिकले सक्रिय सहभागिता जनाएको उनले बताए ।
कास्की प्रहरी प्रमुख एसपी मोहनकुमार थापाले उपकरण प्रयाप्त मात्रा नहुँदा ट्राफिक व्यवस्थापनमा समस्या भएको बताए । नागरिकले ट्राफिक नियम पालना गरेर सवारी साधन चलाएमा ट्राफिक व्यवस्थापनमा सहज हुने तथा दुर्घटनामा कमि आउने उनको भनाइ छ ।
चालक तथा सहचालकसहित सबै सरोकारवाला निकायलाई सचेत गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गगनगौडा कास्कीका एसपी जनकबहादुर शाहीले उल्लेख गरे । ट्राफिक नियम उल्लघंन गर्नेलाई कारवाही गर्ने उनले प्रतिवद्ध गर्दै नागरिकले पनि समन्वय गर्न आग्रह गरे ।
पृथ्वी राजमार्ग बस सञ्चालक समितिका अध्यक्ष योगेन्द्र केसीले ट्राफिक नियम उल्लघंन गर्नेलाई जरिवाना तथा कारवाही गर्ने मात्र नभइ काउन्सेलिङ पनि दिनुपर्ने तर्क गरे । यातायात व्यवसायीले सवारी साधन थप्ने तर त्यसको व्यवस्थापनमा ध्यान नदिँदा यातायात व्यवसाय व्यवस्थित हुन नसकेको बताए ।
रेडक्रस कास्कीका सभापति डण्डराज शर्मा, पोखरेली ट्याक्सी सेवा समितिका संञ्चालक मदनकुमार सुनार, वेगनास पोखरा बस समितिका प्रवन्धक बुद्धिप्रसाद सुवेदीलगायतले सवारी दुर्घटनामा सडक पनि जिम्मेवार रहने बताउँदै नागरिकका साथै बाटो निमार्ण गर्नेलाई पनि सचेतना दिनुपर्ने बताए । ट्राफिक प्रहरीले जरिवाना कति संकलन भयो भन्ने तर्फ नभइ कसरी त्यसलाई कम गर्न सकिन्छ भन्ने तर्फ लाग्न उनीहरुले सुझाव दिए ।
प्रभातफेरी, पोष्टहरुमा पर्चा पम्प्लेट वितरण, गर्ने, स्टिकर टाँस गर्ने अव्यवस्थित पार्किङ हटाउने, माईकिङ, स्वंयसेवक परिचालन गरी सडक बाटो काट्न सिकाउने लगायत कार्यक्रम गरिएको थियो ।









न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
ध्रुव माविको वार्षिकोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया