नेपाल आइडलमा कास्कीका सुनील उत्कृष्ट ९ मा

पोखरा ।
नेपालको पहिलो अन्तर्राष्ट्रिय फ्रेन्चाइज गायन रियालीटी सो नेपाल आइडलको पाँचौ संस्करणमा कास्कीका सुनील विश्वकर्मा उत्कृष्ट ९ जनामा पर्न सफल भएका छन् । पामे पोखराका सुनील विकले उत्कृष्ट ९ मा छनोट भएपछि अब उत्कृष्ट ८ का लागि प्रतिस्पर्धा गरिरहेका छन् ।
नेपाल आइडलको अडिसन राउन्डदेखि नै उत्कृष्ट लयमा रहेका विकले गत एपीसोडमा सुन साइँली गीत गाएर देश विदेशमा रहने सम्पूर्ण नेपालीहरुको ध्यान तान्न सफल भएका छन । उनलाई उत्कृष्ट ८ भित्र पार्न भोटिङ खुला गरिएको छ । भोटिङ बुधबार बिहान १० बजेसम्म छ, भोटिङका लागि मोबाइलको म्यासेज बक्समा गई १६ लेखेर ३७००० मा पठाउन सकिन्छ । नेपालबाट प्रभु पे, इसेवा र विदेशबाट मोमो एप डाउनलोड गरेर पनि भोट गर्न मिल्छ ।
सुनीलले हालसम्म अडिसनसहित १२ वटा दिएको प्रस्तुतिमा निर्णायकको भूमिकामा रहेका न्यू बज्रचार्य, इन्दिरा जोशी र कालिप्रसाद बास्कोटाले गायन क्षेत्रमा प्रचुर सम्भावना भएको भन्दै प्रसंशा गरेका छन् । गत एपिसोडमा सुन साइँली गाउँदा उनले न्ह्यू बज्राचार्यबाट चस्मा र कालिप्रसाद बास्कोटाबाट बाला पाएका छन् । उनले गीतकार हर्क साउतबाट पनि बाला पाएका थिए ।
लामो समयसम्म विदेशीएका बुवाको कर्तव्य निर्वाह, आमाले पसल चलाएर घर व्यवहार धानेको र आफ्ना दाजु सञ्जीवले सानैदेखि संगीत क्षेत्रमा डो¥याएको पसिनाको मूल्य चुकाउन आफ्नो गायन क्षेत्रलाई समेत समय दिएको बताउँदै गायन क्षेत्रलाई थप उचाईमा पु¥याउने भन्दै निरन्तर मिहिनेत गरिरहेका छन् ।
उनले ६ वर्षको उमेरमा राम्रो गीत गाएर गुरुबाट निशुल्क संगीत सिक्न पाएका थिए । १४ वर्षसम्म अनवरत संगीतमा लागेका सुनिलले सानोमा चाउचाउ बिस्कुटको आशमा गाउने गर्दथे । एकाविहानैदेखि सांगीतिक रागको धुनमा तल्लीन हुने सुनीलले परिवारको जिम्मेवारीलाई समेत निर्वाह गरिरहेका छन् ।









कास्कीमा १७ हजार बढी नयाँ मतदाता थप
सामुदायिक सेवा केन्द्रलाई सहयोग
‘विद्यार्थीलाई साइबर अपराधबाट जोगाऔं’
कृषिबाट पर्यटनतर्फ ठिनी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया