संसदीय पत्रकार मञ्चले सदस्यता खुलाउने

पोखरा ।
संसदीय पत्रकार मञ्च गण्डकीले सदस्यताका लागि आह्वान गर्ने भएको छ । मञ्च कार्यसमितिको सोमबार पोखरामा बसेको बैठकले संसदीय रिपोर्टिङमा क्रियाशील पत्रकारका लागि सदस्यता खुलाउने निर्णय गरेको हो । मञ्चको विधानको नियम ७ अनुसार योग्यता पुगेका पत्रकारले सदस्यताका लागि आवेदन दिन सक्नेछन् ।
सदस्यता प्राप्त गर्न कुनै पनि पत्रपत्रिका, रेडियो, एफएम, टेलिभिजन, अनलाइन, र सञ्चार कार्यक्रम उत्पादन गर्ने मिडिया वा संस्था लगायत कुनै पनि सञ्चारमाध्यममा आबद्ध रही संसदीय पत्रकारितामा क्रियाशील हुनुपर्ने प्रावधान छ ।
यसरी आवेदन गर्दा आफू कार्यरत सञ्चारमाध्यममा संसदीय विषयमा समाचार सम्प्रेषणका लागि क्रियाशील रहेको संस्थागत पत्र पेस गर्नुपर्ने छ । विधानको नियम ७ को छ मा भनिएको छ, ‘संसदीय सूचना सम्प्रेषणको काम गर्ने व्यक्तिले मञ्चको २ जना सदस्यको सिफारिससहित सदस्यताका लागि आवेदन दिन सक्नेछन् ।’
आवेदन परेपछि सदस्यताको टुंगो कार्यसमितिको बैठकले लगाउने छ । मञ्चका अध्यक्ष भरत कोइरालाका अनुसार कार्यसमितिले नाम टुंग्याएपछि त्यसलाई साधारसभाबाट अनुमोदन गरिनेछ । संस्थाको साधारणसभा असारको दोस्रो साता बस्ने निर्णयसमेत बैठकले गरेको छ । जेठ १५ देखि २५ गतेभित्र सदस्यताका लागि आवेदन दिन सकिने र यसका लागि सूचना प्रकाशन गरिने मञ्चले जनाएको छ ।
यसैगरी संस्थामा आबद्ध सदस्यहरुको अन्तर प्रदेश भ्रमण तथा अनुभव आदानप्रदान जेठ १० देखि १५ सम्म गर्ने निर्णय समेत बैठकले गरेको छ । लुम्बिनी, कर्णाली र सुदूपश्चिम प्रदेशको भ्रमण गरी त्यहाँका प्रदेश सभा, सरकारका प्रदाधिकारी र संसदीय पत्रकारसँग अन्तक्र्रिया गरिने संस्थाले जनाएको छ ।
संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) संसद सहयोग कार्यक्रमसँग भएको सम्झौता अनुसार कार्यक्रम सञ्चालनका लागि समेत बैठकले स्वीकृति दिएको छ । २०७५ सालमा स्थापित मञ्चमा हाल २२ सदस्य छन् ।









शिवशक्ति क्याम्पस व्यवस्थापन समितिमा दोहोरिए टुबराज
२० जना जिल्ला न्यायाधीशका लागि सिफारिस
भिजिट भिसा प्रकरणमा मुछिएका उपसचिव तिवारीको पर्वतमा सरुवा
२१ औं लेखनाथ महोत्सव सम्पन्न: ११ करोड २० लाखको कारोबार, ३ लाख ३५ हजार दर्शक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया