बुद्धिजीवी संगठन गण्डकीमा रामचन्द्र

पोखरा ।
नेपाल बुद्धिजीवी संगठन गण्डकी प्रदेश समितिको विस्तारित बैठकले नयाँ प्रदेश समिति चुनेको छ । रामचन्द्र भण्डारीको अध्यक्षतामा निर्वाचित समितिमा बासुबाबु खत्री, रामबहादुर पौडेल र बेलु थापा उपाध्यक्ष छन् ।
कमिटीको सचिवमा काशीनाथ गौली, सहसचिवद्वयमा सुलोचना मरहठा र पुष्पराज भण्डरी छन् । एक सहसचिव, कोषाध्यक्षपछि थप हुने गरी ५१ सदस्यीय नयाँ कमिटी गठन भएको हो ।
कार्यक्रममा संगठनका केन्द्रीय संयोजक कृष्णराज केसीले बुद्धिजीवी संगठनलाई भातृ संगठनभन्दा पृथक व्यवहार गर्नुपर्नेमा जोड दिए । माओवादी केन्द्र गण्डकी अध्यक्ष गायत्री गुरुङले अहिले देश नै माओवादीको विचारधारामा रहेको जनाए ।
संगठनका गण्डकी प्रदेश अध्यक्ष दुर्गादत्त भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा (माओवादी केन्द्र) कास्की इन्चार्ज रामजीप्रसाद बराल, पोखरा महानगर इन्चार्ज आशमान रोका, संगठन कास्की संयोजक डिल्लीराज ढुंगाना, सदस्य शालिग्राम देवकोटा लगायतले बोलेका थिए ।









फागुन २१ को चुनाव : समानुपातिकमा ३ हजार ४२४ उम्मेदवार, २२ दलको सूची पूर्ण (सूचीसहित)
मन्त्री खरेलद्वारा एनसेलको पोखरा डाटा सेन्टर अवलोकन, भोल्टे क्षमता अभिवृद्धि परियोजनाको उदघाटन
रास्वपाको समानुपातिक सूची आयोगमा : बालेन र कुलमानसँग सहकार्य, ज्ञानेन्द्र मल्लदेखि प्रकाश सपूतसम्म समेटिए- पूर्ण सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया