क्लबस्तरीय भलिबलमा लिग चरणका ७ खेल सकिए

पोखरा ।
पोखरामा नेपाल लोकतान्त्रिक खेलकुद संघ कास्कीको आयोजनामा भइरहेको प्रथम क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको दोस्रो दिन लिग चरणका ७ खेल भएका छन् । नेपाल लोकतान्त्रिक खेलकुद संघ कास्कीको स्थापना दिवसको अवसरमा आयोजित क्लब स्तरीय भलिबल प्रतियोगिता आयोजना गरिएको हो ।
पोखरा महानगरपालिका ३ स्थित नदीपुरस्थित नेपाल छन्त्याल समाजको भलिबल कोर्टमा भएको लिग चरणको खेलमा समूह ‘ए’बाट जनकल्याण र समूह‘बी’बाट जिभिपि युके लन्डनले लगातार दोस्रो जित दर्ता गरेका छन् ।
बिहीबार भएको समूह ‘बी’तर्फको पहिलो खेलमा जिभिपी युके लन्डनले अन्नपूर्ण गाउँपालिका भलिबल संघलाई २–१ को सेटमा पराजित ग¥यो । जिभिपी युकेले अन्नपूर्णलाई २५–२०, २३–२५ र २५–१८ ले पराजित गर्दै २ अंक जोड्दा पराजित भएको अन्नपूर्णले १ अंक जोड्यो ।
दोस्रो खेलमा समूह ‘ए’मा रहेको फ्रेन्डस् युथ क्लबले मादी–११ लाई २–१ को सेटमा पराजित गर्यो । फ्रेन्डस्ले मादीलाई २३–२५, २५–१५ र २५–२२ ले पराजित गर्दै २ अंक जोड्दा पराजित भएको मादीले १ अंक जोड्न सफल भयो ।
तेस्रो खेलमा समूह ‘बी’मा रहेको माछापुच्छ«े गुराँसे भूमी घाचोकले शान्तिदेवी युथ क्लब शिशाघाटलाई २–० को सेटमा पराजित गर्दै ३ अंक जोड्न सफल भयो । घाचोकले शिशाघाटलाई २५–२३ र २५–२१ ले पराजित गर्यो ।
चौथो खेलमा समूह ‘बी’मा रहेको जिभिपी युके लन्डनले माछापुच्छ्रे गाउँपालिका–२ लाई २–० को सेटमा पराजित गर्दै ३ अंक जोड्यो । जिभिपीले माछापुच्छ्रे –२ लाई २५–१४ र २५–१९ ले पराजित गर्यो । लगातार २ खेल जितेको जिभिपी समूह ‘बी’को ५ अंकसहित शीर्ष स्थानमा छ ।
पाँचौ खेलमा समूह ‘ए’मा रहेको माछापुच्छ्रे गाउँपालिका भलिबल संघले मादी–११ लाई २–० को सेटमा पराजित गर्दै ३ अंक जोड्न सफल भयो । माछापुच्छ्रे गाउँपालिकाले मादीलाई २५–१८ र २५–२० ले पराजित गर्यो । पहिलो खेलमा १ अंक जोडेको माछापुच्छ्रेले दोस्रो खेलमा ३ जोड्न सफल भयो । माछापुच्छ्रे गाउँपालिका भलिबल संघ ४ अंकसहित समूह ‘ए’को दोस्रो स्थानमा छ ।
छैठौ खेलमा समूह ‘ए’ नै रहेको जनकल्याण पोखरा–११ ले मादी–११ लाई २–० को सेटमा पराजित गर्दै ३ अंक जोड्न सफल भएको छ । जनकल्याणले मादीलाई २५–१६ र २५–१५ ले पराजित गर्यो । समूह ‘ए’ मा रहेको जनकल्याण ५ अंकसहित शीर्षस्थानमा छ ।
बिहीबार नै भएको सातौं खेलमा शान्तिदेवी युथ क्लब शिशाघाटले माछापुच्छ्रे गाउँपालिका–२ लाई २–१ को सेटमा पराजित गर्यो । शिशाघाटले माछापुच्छ्रे गाउँपालिका २ लाई २०–२५, २५–२१ र २५–२१ ले पराजित गर्दै २ अंक जोड्दा पराजित भएको माछापुच्छ्रे गाउँपालिका–२ ले १ अंक जोड्यो ।
आठौं खेल अन्नपूर्ण गाउँपालिका र माछापुच्छ्रे गुराँसे भूमी घाचोकबीचको खेल भने लाइट प्रोस्टेटको कारण स्थगित भएको छ । ९ टिमको सहभागिता रहेको क्लबस्तरीय भलिबल प्रतियोगिता लिगकप नक आउटको आधारमा सञ्चालन भइरहेको प्रतियोगिता संयोजक लामा अमृत गुरुङले बताए ।
९ टिमलाई २ समूहमा विभाजन गरिएको छ । दुवै समूहबाट समूह विजेता र उपविजेता सेमिफाइनल प्रवेश गर्ने छन् । नेपाल लोकतान्त्रिक खेलकुद संघ कास्कीको आयोजनामा भएको क्लबस्तरीय पुरुष भलिबलको प्रतियोगिताको विजेताले १ लाख २० हजार, उपविजेताले ८० हजार, तेस्रो हुने समूहले ४० हजार र सान्त्वना हुने समूहले २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष नवीन पुनले जानकारी दिए ।
तपाईको प्रतिक्रिया