फिस्टेल कपमा १६ खेल

पोखरा ।
पोखरा १७ तल्लो बिरौटामा स्थित फिस्टेल एकेडेमी माविद्वारा आयोजित ‘फिस्टेल एसइई कप २०८१’ को औपचारिक उद्घाटनपूर्व नै १६ ओटा खेल भएका छन् । एसइई २०८० मा सम्मिलित भएका छात्रका बिचमा भएको यस खेलमा पोखराका ३३ विद्यालयले सहभागिता जनाएका छन् ।
खेलको औपचारिक उद्घाटन भने सोमबार हुने भएको छ । माघ ५ गते शनिबार भएको सेभेन ए साइड फुटबलतर्फको पहिलो खेलमा हिमालयन बोर्डिङ स्कुलका विरुद्ध कालिका माविले ८–१ को विशाल जित हात पार्यो । दोस्रो खेलमा छोरेपाटन माविलाई ३–१ गोल अन्तरमा पोखरा पब्लिक माविले पराजित गर्यो ।
तेस्रो खेलमा ढुंगेसाँघु माविले सैनिक महाविद्यालयलाई २–० ले पराजित गर्दा चौँथो खेलमा डायमन्डलाई पेनाल्टी सुट आउटमा न्यु लेखनाथले हरायो । यस्तै पाँचौँ खेलमा शिशु निकेतनले बेसलाइनलाई १–० ले पराजित गर्दा छैटौँ खेलमा जनप्रिय माविले हिमाञ्चललाई २–१ ले पराजित ग¥यो ।
आइतबार १० खेल सम्पन्न भएका छन् । आइतबारको खेलमा बालोदय माविले बाल मन्दिर माविलाई ३–१ गोल अन्तरले पराजित गर्दा जनप्रिय माविलाई ३–१ ले पराजित गर्दै शान्ति निकुन्ज मावि अगाडि बढेको छ । लिटिल फ्लावर माविले शुक्रराज माविलाई १–० ले पराजित गर्दा नेसनल इन्भेन्टिभले अमरसिंहलाई २–१ ले पराजित गर्यो । एलपी देवकोटाले जेसिएलाई १–० ले पराजित गर्दा भद्रकालीले गण्डकी बोर्डिङलाई २–० ले पछि पा¥यो ।
रेन्बो एकेडेमी र मेरीगोल्ड माविबीच भएको खेलमा ६–२ ले रेन्बो विजयी भयो । वेलनन एकेडेमीले हिल पोइन्टलाई १–० ले पाखा लगायो भने विद्या निकेतनले पेनाल्टी सुट आउटमा मदरल्यान्डमाथि कब्जा जमायो । आइतबार भएको अन्तिम खेलमा फिस्टेल एकेडेमीले साइनिङ स्टारमाथि २–१ को विजय हात पा¥यो ।
एसइई कपका विजेता तथा उपविजेताले क्रमशः १५ हजार र १० हजार नगद पुरस्कारका साथ मेडल, ट्रफी र प्रमाणपत्र पाउने छन् ।
तपाईको प्रतिक्रिया