महिलाबीच वडास्तरीय हाजिरीजवाफ
पोखरा ।
पोखरा महानगरपालिकाक वडा नं २९ को आयोजना र सामाजिक विकास महाशाखाको सहयोगमा भएको वडास्तरीय अन्तर आमा समूह हाजिरी जवाफ प्रतियोगतिामा जनप्रकाश आमा समूह प्रथम बनेको छ ।
महिला प्रतिभा प्रतिस्पर्धा कार्यक्रम अन्तर्गत वडा नं २९ मा रहेका आमा समूहबीच हाजिरीजवाफ प्रतियोगिता भएको हो । प्रतियोगितामा दोस्रो स्थान शिवेश्वर आमा समूह, तेस्रो स्थान सफल महिला कृषि समूहले हाँसिल गर्दा नारी उत्थान महिला समूह र मिलिजुली आमा समूह सान्त्वना बने ।
कार्यक्रम संयोजक एवं कार्यपालिका सदस्य निर्मला पौडेलले आगामी दिनमा यस खालका कार्यक्रमलाई निरन्तरता दिइने जनाइन् ।
कार्यक्रममा वडाध्यक्ष श्रीप्रसाद गुरुङ, कर्मचारी त्रिलोचन लामिछाने, दीपशिखा सामुदायिक पुस्तकालयका कार्य समिति सदस्य विष्णुहरि पौडेल, जनप्रकाश माविका शिक्षक शालिक सुवेदी, जनप्रतिनिधि कालिदास पोखरेल, ओख्ले टोल विकास संस्थाका अध्यक्ष ठाकुर घिमिरे लगायतले बोलेका थिए ।









२० जना जिल्ला न्यायाधीशका लागि सिफारिस
भिजिट भिसा प्रकरणमा मुछिएका उपसचिव तिवारीको पर्वतमा सरुवा
२१ औं लेखनाथ महोत्सव सम्पन्न: ११ करोड २० लाखको कारोबार, ३ लाख ३५ हजार दर्शक
मुस्ताङको बागवानीमा ‘हाईब्रिड’ स्याउका बिरुवा उत्पादन गर्न सुरु
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया