सहारा एकेडेमीलाई क्लब १०२ को सहयाेग
पोखरा ।
सहारा क्लब पोखराले सञ्चालन गरेको सूर्यबहादुर केसी स्मृति सहारा आवासीय फुटबल एकेडेमीका बालकका निम्ति टिसर्ट सहयोग गरिएको छ । क्लब १०२ को आयोजना एवं नं. ४ बाहिनी प्रमुख कालीदास धौवजी श्रेष्ठको उपस्थितिमा पोखरा १७ दोबिल्लास्थित एकेडेमीमा आयोजित समारोहमा टिसर्ट सहयोग गरिएको हो ।
सो अवसरमा क्लब अध्यक्ष केशवराज बरालले नं. ४ बाहिनी प्रमुख श्रेष्ठ र क्लब १०२ का पदाधिकारी, कास्की समाज दक्षिण कोरियाका पूर्व अध्यक्ष दिलबहादुर जलारीलाई स्वागत गरेका थिए । श्रेष्ठ र कार्कीले सहाराको कार्यको प्रशंसा गरे ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी सम्मिलित क्लब १०२ हो । सहारा एकेडेमीमा तेस्रो ब्याचको रुपमा हाल विभिन्न जिल्लाका गरी २३ बालक आश्रित रहेको एकेडेमी संयोजक एवं क्लबका वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङले बताए ।
उनीहरुलाई क्लबले आवासीय सुविधासहित शिक्षादीक्षा र फुटबल सिकाउँदै आएको छ ।









शिवशक्ति क्याम्पस व्यवस्थापन समितिमा दोहोरिए टुबराज
२० जना जिल्ला न्यायाधीशका लागि सिफारिस
भिजिट भिसा प्रकरणमा मुछिएका उपसचिव तिवारीको पर्वतमा सरुवा
२१ औं लेखनाथ महोत्सव सम्पन्न: ११ करोड २० लाखको कारोबार, ३ लाख ३५ हजार दर्शक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया