प्राइम सहकारी घोटालामा थप १ पक्राउ

समाधान संवाददाता २०८१ जेठ ८ गते १०:५४

पोखरा ।
सर्वसाधारणको बचत र सेयरधनीको सेयर रकमसमेत हिनामिना गरेको अभियोगमा कास्की प्रहरीले प्राइम सहकारीका थप एक जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका वडा नम्बर ४, गैह्रापाटनमा मुख्य कार्यालय रहेको प्राइममा अनियमितता आरोप प्रहरील पोखरा २९ पटनेरी बस्ने ४६ वर्षीय उत्तम मगरलाई सोमबार पक्राउ गरेको हो ।

Advertisement


जेठ १ गते प्रहरील्े प्राइम बहुउद्देश्यीय सहकारीका अध्यक्षसहित ७ जनालाई पक्राउ गरेको थियो । मगरलाई जिल्ला अदालत कास्कीबाट ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको कास्कीका प्रहरी प्रवक्ता वसन्तकुमार शर्माले बताए ।


प्राइमको कार्य क्षेत्र कास्की जिल्लाभर छ । प्रहरीले यसअघि अध्यक्ष शंकर कार्की, प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रमणि पौडेल, पूर्वअध्यक्ष नितेशप्रसाद कोइराला, पूर्वकोषाध्यक्ष कुलदीप भट्टराई, कर्जा विभाग प्रमुख सुनील थापा, सञ्चालक मनबहादुर गुरुङ, सहकारीका कानुनी सल्लाहकार अधिवक्ता ईन्द्रप्रसाद बराल लगायतलाई पक्राउ गरेको थियो ।


सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीले प्राइममा १ अर्ब ५४ करोड हिनामिना भएको प्रतिवेदन प्रहरीलाई दिएको छ । यसअघि नै कास्कीका मित्रमिलन सहकारी, सूर्य दर्शन बचत तथा सहकारी, बलिदानी बहुउद्देश्यीय सहकारी, विन्दवासिनी सहकारी, शिवशिखर सहकारी र इमेज सहकारीले बचतकर्ताको रकम अपचलन गरी अनियमितता गरेपछि केहीको मुद्दा कास्की जिल्ला अदातलतमा विचाराधीन छ भने केही सहकारीबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया