विद्यार्थीलाई सिद्धार्थ क्लबकाे पोसाक सहयाेग

पोखरा ।
सिद्धार्थ क्लब पोखराले रुपा गाउँपालिका ५ देउरालीफेदीस्थित गाउँफर्क आधारभूत विद्यालयमा विद्यालय पोसाक तथा स्टेसनरी सामग्री वितरण गरेको छ । रुपा गाउँपालिका वडा नम्बर ५ की कार्यवाहक वडाध्यक्ष कुमारी गुरुङले क्लबको सहयोगबाट विद्यार्थीहरुको पठनपाठनमा सहयोग पुगेको भनाइ राखिन् ।
सिद्धार्थ क्लबकी अध्यक्ष इन्दिरा मर्सानी श्रेष्ठले क्लबको कार्यक्रमले विद्यालयमा विद्यार्थीहरुको नियमितता र भर्नादरमा वृद्धि हुनका साथै गुणस्तरीय शिक्षा प्राप्तिमा सहयोग हुने विश्वाश व्यक्त गरिन् ।
कार्यक्रममा वडा सदस्य पानमाया परियार, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपकबहादुर अधिकारी र विद्यालयका प्रधानाध्यापक पार्वती ढुंगानाले क्लबको सहयोग विद्यालयलाई महत्वपूर्ण रहेको भनाइ राखेका थिए ।
कार्यक्रममा ४१ विद्यार्थीहरुका लागी विद्यालय पोसाक (सर्ट, पाइन्ट/फर्क) का साथै आवश्यक कापी, पेन्सिल, इरेजर, कटर, लगायत शैक्षिक सामग्री, सहयोग गरिएको थियो ।
कार्यक्रममा सहयोग गरिएको पोसाक क्लबका अध्यक्ष इन्दिरा मर्सानी श्रेष्ठ र सल्लाहकार समिति संयोजक अनिल श्रेष्ठको परिवारबाट सौजन्य प्राप्त भएको थियो । क्लबका सचिव विनोद श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा क्लबका निर्देशक रवि मर्सानीले सहभागीहरुलाई स्वागत गरेका थिए ।









शिवशक्ति क्याम्पस व्यवस्थापन समितिमा दोहोरिए टुबराज
२० जना जिल्ला न्यायाधीशका लागि सिफारिस
भिजिट भिसा प्रकरणमा मुछिएका उपसचिव तिवारीको पर्वतमा सरुवा
२१ औं लेखनाथ महोत्सव सम्पन्न: ११ करोड २० लाखको कारोबार, ३ लाख ३५ हजार दर्शक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया