पत्रकार हरिहर र श्रीराम पुरस्कृत हुदैं

पोखरा ।
नेपाल पत्रकार महासंघ कास्कीले पत्रकारद्वय हरिहर विरही र श्रीराम सिग्देललाई पुरस्कृत गर्ने भएको छ ।
नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष हरिहरलाई कृति स्मृति पत्रकारिता वृत्ति सम्मान २०८० र आर्थिक पत्रकारिता पुरस्कार २०८० बाट पोखराका पत्रकार श्रीराम सिग्देल पुरस्कृत हुन लागेका हुन् । पुरस्कार छनोट समितिले सिफारिस गरेको नाम महासंघ कास्कीको बैठकले अनुमोदन गरेको अध्यक्ष विमला भण्डारीले जानकारी दिइन् ।
पूर्वसांसद तथा उद्योगपति स्व. सूर्यबहादुर केसीका परिवारवाट स्थापित कृति स्मृति पत्रकारिता वृत्ति सम्मानको राशी नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ रहेको छ । यस पुरस्कारका लागि माधव शर्माको संयोजकत्वमा गठित छनोट समितिले पत्रकार हरिहरको नाम सिफारिस गरेको थियो । समितिकोसदस्यमा कृष्णप्रसाद बास्तोला र रविन्द्र अधिकारी सदस्य थिए ।
आर्थिक पत्रकारिता पुरस्कारका लागि छनोट भएका पत्रकार श्रीराम सिग्देललाई नगद २० हजार रुपैयाँसहित दोसल्ला र सम्मान पत्रले सम्मान गरिने अध्यक्ष भण्डारीले जानकारी दिइन् । नवराज सुवेदी संयोजक, टंक अधिकारी र दीपेन्द्र श्रेष्ठ सदस्य रहेको छनोट समितिले उनको नाम सिफारिस गरेको थियो ।
२०५४ सालमा आदर्श समाजबाट पत्रकारिता सुरु गरेका सिग्देल अहिले फेवा पोष्ट साप्ताहिक र फेवापोष्ट खबर डटकमको सहसम्पादक छन् । समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय उपाध्यक्ष सिग्देल नेपाल पत्रकार महासंघ कास्कीको सहसचिवको जिम्मेवारीमा छन् ।
उनीहरुलाई जेठ १२ गते नेपाल पत्रकार महासंघ कास्कीको साधारण सभामा नेपालका संस्थापक राष्ट्रपति रामवरण यादवको उपस्थितीमा सम्मान गरिने नेपाल पत्रकार महासंघ कास्कीका सचिव माधव बरालले जानकारी दिए ।









विद्यार्थीलाई न्यानो कपडा र स्टेसनरी सहयोग
लेखनाथ महोत्सव आजसम्म
४२१० को आँखा जाँच
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया