‘सेती नदीको अवैध उत्खनन् गर्नेलाई कारबाही भएन’
उत्खनन्मा प्रयोग भएका गाडी पनि नियन्त्रणमा लिइएको छैन

पोखरा ।
नेकपा एमाले पोखरा महानगरपालिका वडा नम्बर १४ ले सेती नदीको अवैध उत्खनन् गर्नेलाई कारबाही गर्न माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको छ ।
विगत ५/६ महिनादेखि नै पोखरा १४ बाच्छेबुडुवा सेती नदी किनारामा रातारात अवैध उत्खनन् भएपनि ओसारपसारमा प्रयोग भएका सवारी साधन र उत्खनन्कारीलाई अझै नियन्त्रणमा नलिएको भन्दै उसले कारबाहीको माग गरेको छ ।
एमाले पोखरा वडा नम्बर १४ का अध्यक्ष बटुकृष्ण कुँवरले जारी गरेको विज्ञप्ति मंगलबार वडा कार्यालय, पोखरा महानगरपालिका र जिल्ला प्रशासन कार्यालय कास्की पनि बुझाइएको छ ।
वडा अध्यक्ष बोधराज कार्की, पोखरा महानगरका मेयर धनराज आचार्य र जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख बासुदेव घिमिरेलाई भेटेर उत्खनन्कारीलाई कारबाहीको माग गरिएको हो ।
अहिलेसम्म प्रशासनले उत्खनन्मा प्रयोग भएका गाडी पनि नियन्त्रणमा लिएको छैन । बरु जिल्ला प्रशासन कार्यालय कास्कीले नदीजन्य पदार्थ ओसारपोसार गर्दै गरेको अवस्थामा पोखरा १४ बाट केही सवारीसाधनलाई नियन्त्रणमा लिएर पोखरा महानगरपालिका बुझाएको थियो ।
तर, पोखरा महानगरले ती सवारीलाई कारबाही गर्नुको सट्टा शक्तिको आड्मा उन्मुक्ति दिइएको छ । तर, समाधानले उत्खनन्मा प्रयोग भएका एक्स्भेटर र टिपरहरु अझै नियन्त्रणमा लिन सकेको छैन । एमालेले वडाभित्रको सम्पति सुरक्षा एवं संरक्षण गर्नुपर्ने दायित्वलाई बिर्सेर कारबाही गर्नुपर्ने निकाय नै मौन बसेको आरोप लगाएको छ ।
अध्यक्ष कुँवरले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘मौन बस्नुको विषयले थप संशकित बनाएको हाम्रो ठहर छ । प्रहरीले पक्रेर लगेका साधनहरुलाई महानगरले सहज फिर्ता गर्नुमा पनि थप शंका उब्जाएको छ ।’
जेठ ६ गते समाधानले सेदी नदी किनारामा रातिराति अवैध उत्खनन् शीर्षकमा समाचार प्रकाशन गरेको थियो । जेठ ७ गते अवैध उत्खनन्मा प्रयोग भएका सवारी नियन्त्रणमा लिएर प्रहरीले महानगरलाई बुझाए पनि उन्मुक्ति दिने काम भइरहेको विषयमा समाचार छापेको थियो । सेती नदी किनारामा भएको उत्खनन्ले परापूर्वकालदेखिको धार्मिक सांस्कृतिक सम्पदा सम्पति नष्ट हुने अवथामा पुगेको उल्लेख छ ।
‘राज्यको करोडौंको स्रोतमा कानुनी विपरीत कार्य हुँदा व्यक्तिगत फाइदाका लागि दोषीलाई कारबाही गर्नुको सट्टा प्रोत्साहन गर्ने कार्यप्रति हाम्रो पार्टी घोर निन्दा र भत्र्सना गर्दछ,’ अध्यक्ष कुँवरले जारी गरेको विज्ञप्तिमा छ । वडामा भएको यस्तो गलत कार्यका विरुद्ध आवाज उठाउन वडाबासीलाई अपिलसमेत गरिएको छ ।









फागुन २१ को चुनाव : समानुपातिकमा ३ हजार ४२४ उम्मेदवार, २२ दलको सूची पूर्ण (सूचीसहित)
मन्त्री खरेलद्वारा एनसेलको पोखरा डाटा सेन्टर अवलोकन, भोल्टे क्षमता अभिवृद्धि परियोजनाको उदघाटन
रास्वपाको समानुपातिक सूची आयोगमा : बालेन र कुलमानसँग सहकार्य, ज्ञानेन्द्र मल्लदेखि प्रकाश सपूतसम्म समेटिए- पूर्ण सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया