बाराही माविलाई क्रिकेट जर्सी हस्तान्तरण

समाधान संवाददाता २०८१ जेठ ९ गते १०:०९

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर ५ मा रहेको बाराही माविलाई क्रिकेट जर्सी हस्तान्तरण गरिएको छ । पोखरा ५ प्रस्र्याङमा रहेको जगदम्बा प्रतिष्ठानले विद्यार्थीका छात्रा खेलाडीका लागि १५ सेट क्रिकेट जर्सी हस्तान्तरण गरेको हो ।

Advertisement


बाराही माविका प्रधानाध्यापक शिव भण्डारीले विद्यार्थीलाई पढाइ सँगसगै खेल क्षेत्रमा पनि हौसला दिने गरेको बताए । उनले जर्सी सहयोगले विद्यार्थीको खेल क्षेत्रमा पनि उत्साह बढ्ने उल्लेख गरे ।


जगदम्वा प्रतिष्ठानका अध्यक्ष केशवप्रसाद अधिकारीले अहिले पठाइ सगँसँगै चौतर्फी ज्ञान आवश्यक पर्ने बताए । उनले खेलबाट पनि विद्यार्थीले केही न केही सिकाइ हुने उनको भनाइ छ । उनले आफू पनि सो विद्यालयमा पढेको स्मरण गर्दै विद्यार्थीलाई खेल र पढाइमा अब्बल बन्न आग्रह गरे ।


विद्यालयका खेल प्रशिक्षक सुशील केसीले विद्यालयको आफ्नै खेल मैदान भएका कारण खेलमा रुचि भएका विद्यार्थी पनि धेरै नै भएको बताए । कक्षा १ देखी १२ सम्म पढाइ हुने बाराही माविमा ८ सय ५५ विद्यार्थी छन् ।

Advertisement

तपाईको प्रतिक्रिया