‘फिस्टेल एसइई कप’मा क्वाटर फाइनलका खेल सकिए

समाधान संवाददाता २०८१ जेठ ९ गते १०:११

पोखरा ।
पोखरा १७ तल्लो बिरौटास्थित फिस्टेल एकेडेमी माविद्वारा आयोजित ‘फिस्टेल एसइई कप २०८१’ का क्वाटर फाइनलका खेल मंगलबार सकिएका छन् । मंगलबार भएको पहिलो खेलमा कालिमा माविले ढुंगेसाँघुलाई ३–० गोल अन्तरले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको छ ।

Advertisement


दोस्रो खेलमा शान्तिनिकुञ्जले न्यु लेखनाथलाई १–० ले पराजित गर्‍यो भने भद्रकाली माविले पेनाल्टी सुट आउटमा लिटिल फ्लावरलाई पाखा लगायो । अन्तिम खेलमा मदरल्यान्ड माविले रेन्बोलाई ३–० ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्‍यो ।


छात्रातर्फको ३/३ बास्केटबलका लिग चरणका खेल पनि मंगलबार नै सम्पन्न भए । ६ समूह सहभागी भएको बास्केटबलमा फिस्टेल एकेडेमी, बाल कल्याण मावि, कुमुदिनी होम्स र हिल प्वाइन्ट मावि सेमिफाइनल प्रवेश गरे ।


सेभेन ए साइड छात्र फुटबल तथा ३३ छात्रा बास्केटबलका सेमिफाइनल र फाइनलका खेल बुधबार हुने छन् । बुधबार नै ‘फिस्टेल एसइई कप २०८१’ को समापनसमेत हुनेछ ।

फुटबलतर्फ विजेता र उपविजेताले क्रमशः १५ हजार र १० हजार तथा बास्केटबलतर्फ क्रमशः १० हजार र ५ हजार नगद पुरस्कारका साथ मेडल, ट्रफी र प्रमाणपत्र पाउने छन् ।

Advertisement

तपाईको प्रतिक्रिया