विनोद बानियाँलाई सहाराको बिदाइ

पोखरा ।
गायक विनोद बानियाँ सांगीतिक यात्राको सिलसिलामा शनिबार बेलायत प्रस्थान गर्दै छन् । बेलायतमा हुने दुई कार्यक्रममा प्रस्तुति राख्न उनी बेलायत जान लागेका हुन् ।
गोर्खा कप आफ्टर पार्टी उनी सहभागी बन्ने कार्यक्रम हो । मे २६ तारिखमा अल्टरसट लन्डनमा यो कार्यक्रम हुनेछ । जहाँ वानियाँसँगै सुगम पोखरेलको प्रस्तुतिसमेत रहनेछ । कार्यक्रमको आयोजकमा डि एन्ड जि इन्टरटेनमेन्ट, केप्लर इन्टरटेनमेन्ट, सिग्नेचर, गेरे गुरुङ, दिपेश राई, मनोज गुरुङ छन् ।
जुन १ तारिख अल्टरसट लन्डनमा मेलोडी विथ विनोद वानियाँ कार्यक्रम हुनेछ । सहारा युकेको सहयोगमा हुने कार्यक्रम भव्य बनाउन दीपक खड्का, मीन गुरुङ, तुलाराम गुरूङले मिहेनत गर्दै छन् । गायक बानियाँलाई पोखराको सहारा क्ल्बले बिदाइ गरेको छ । उनी खेल गीतमार्फत समेत चर्चामा छन् ।
उनले आवाज भरेको पहिलो खेल गीत सहारा क्लबको हो । क्लबका अध्यक्ष केशवराज बराललगायतले उनलाई बिदाइ गरेका छन् । बानियाँले सहारा क्लबले गरेको विश्वासका कारण खेल गीत तर्फको यात्रा सुरु गर्न पाएको बताए ।









शिवशक्ति क्याम्पस व्यवस्थापन समितिमा दोहोरिए टुबराज
२० जना जिल्ला न्यायाधीशका लागि सिफारिस
भिजिट भिसा प्रकरणमा मुछिएका उपसचिव तिवारीको पर्वतमा सरुवा
२१ औं लेखनाथ महोत्सव सम्पन्न: ११ करोड २० लाखको कारोबार, ३ लाख ३५ हजार दर्शक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया