पोखरामा सहकारी पीडितको प्रदर्शन, गृहमन्त्रीको राजीनामा माग
समाधान संवाददाता
२०८१ जेठ १३ गते १३:४७

पोखरा ।
पोखरामा विभिन्न सहकारीका पीडितहरुले प्रदर्शन गरेका छन् । सडकमा उत्रिएर प्रदर्शन गरेका उनीहरुले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेका छन् । पोखराका विभिन्न ७ वटा सहकारी संस्थाहरुले बचतकर्ताको रकम अपचलन गरेर बन्द भएका छन् ।
सूर्यदर्शन, प्राइम, मित्रमिलन, शिवशिखर, विन्ध्यवासिनी, इमेज र बलिदानी सहकारीका वचतकर्ताले आफूहरुको रकम फिर्ता नपाएको भन्दै प्रदर्शन गरेका हुन् । उनीहरुको आजको प्रदर्शनको मुख्य आक्रोश गृहमन्त्री लामिछाने विरुद्ध छ ।
पीडितहरुले संसदमा प्रतिपक्ष दलले माग गरे जस्तै बचत रकम अपचलनबारे संसदीय छानबिन समिति बनाउन समेत माग गरेका छन् ।
‘जीवी राई कहाँ छ, रवि दाइलाई थाहा छ’ भन्दै नाराबाजी गरेका छन् । प्रदर्शनकारीकाे हातमा ब्यानरसहित विभिन्न नारा लेखिएका प्लेकार्ड समेत छन् ।
सम्बन्धित







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया