पोखरा ३१ मा सुत्केरीलाई पोषण सामग्री

लेखनाथ ।
पोखरा महानगरपालिका वडा नम्बर ३१ वडा कार्यालयले सुत्केरी पोषण सामग्री वितरण गरेको छ । आर्थिक वर्ष २०७९/८० को बजेट विनियोजन अनुसार वडाका ३० जना सुत्केरी महिलालाई जन्मदर्ताका आधारमा शुक्रबार वडा कार्यालयमा १ लिटर घिउ र २ पोका मसला वितरण गरिएको हो ।
सुत्केरी पोषण सामग्री वितरण कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष ढकनाथ कँडेलले गत वर्ष नगद वितरण गरिएको बताए । यस वर्षदेखि सामग्री नै बितरण गर्ने योजना अनुसार वडा कार्यालयमा जन्म दर्ताको आधारमा पोषण सामग्री वितरण गरिएको उनले सुनाए ।
कँडेलले यस आर्थिक वर्ष असार मसान्तसम्म सुत्केरी हुने महिलालाई पनि पोषण सामग्री वितरण गरिने जानकारी दिए । वडा कार्यालयमा समयमा नै जन्म दर्ता गराउन पनि वडा अध्यक्ष कँडेलले आग्रह गरे ।
जनप्रतिनिधिहरु, वडा सचिव, लेखना अधिकृत र कर्मचारीहरुको उपस्थितिमा सामग्री वितरण गरिएको वडाका लेखा अधिकृत रवीन्द्र कपाडीले जानकारी दिए ।









शिवशक्ति क्याम्पस व्यवस्थापन समितिमा दोहोरिए टुबराज
२० जना जिल्ला न्यायाधीशका लागि सिफारिस
भिजिट भिसा प्रकरणमा मुछिएका उपसचिव तिवारीको पर्वतमा सरुवा
२१ औं लेखनाथ महोत्सव सम्पन्न: ११ करोड २० लाखको कारोबार, ३ लाख ३५ हजार दर्शक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया