बालुवा चोरी गर्ने टिप्पर नियन्त्रणमा
समाधान संवाददाता
२०८१ जेठ १३ गते १७:१२

पोखरा ।
अवैध रुपमा नदीजन्य पदार्थ चोरी निकासी गर्ने टिप्परलाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको छ । पोखरा महानगपालिका वडा १९ अकला मन्दिर भुर्जुङखोलाबाट पोखरातर्फ आउँदै गरेको ग १ क १५१४ नम्बरको टिप्परलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको हो ।
माछापुच्छ्रे गाँउपालिका अन्तर्गत पर्ने अन्नपूर्ण संरक्षण क्षेत्रमा नदीजन्य पदार्थहरु अवैध रुपमा चोरी निकासी गरेको भन्ने सूचनाको आधारमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी बसन्तकुमार शर्माले बताए ।
उनका अनुसार वडा प्रहरी कार्यालय बगरबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा टिप्परमा अवैध रुपमा बालुवा लोड गरेको पाइएको थियो ।
थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि अन्नपूर्ण संरक्षण क्षेत्र सम्पर्क कार्यालय हरियोखर्क पोखरामा पठाइएको प्रहरीले जनाएको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया