युवा उद्यमी मञ्चको अध्यक्षमा थापा

समाधान संवाददाता २०८१ जेठ १४ गते ९:५६

पोखरा ।
नेपाली युवा उद्यमी मञ्च पोखरा च्याप्टरको अध्यक्षमा विशेष थापा निर्वाचित भएका छन् । पोखरामा शनिबार भएको १९ औं साधारणसभा तथा १४ औं अधिवेशनले सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो ।

Advertisement


मञ्चको निवर्तमान अध्यक्षमा निरन केसी, प्रेसिडेन्ट इलेक्टमा समेज राजभण्डारी, प्रेसिडेन्ट नोमिनी सरोज कायस्थ, प्रोग्राम चेयरमा विवेक श्रेष्ठ, फाइनान्स चेयरमा हर्सल बिजुक्छे निर्वाचित भएका छन् ।


कार्यसमिति सदस्यमा सुरज श्रेष्ठ, नुरज बाटाजु, सिजन श्रेष्ठ, मानस श्रेष्ठ, प्रतीकराज पहारी, सौरव थापा निर्वाचित भए ।

Advertisement


अध्यक्ष थापाले सम्पूर्ण युवा उद्यमीहरुलाई समेटेर मञ्चलाई नेतृत्व गरी उद्यमीहरुको समग्र हितमा काम गर्ने प्रतिवद्धता जनाए । तिनै तहका सरकारसँग सहकार्य र समन्वय गरी काम गर्ने उनले बताए ।


कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले युवा उद्यमीहरुले उद्यमशीलताका क्षेत्रमा मञ्चले महत्वपूर्ण योगदान पुर्‍याउन सफल भएको बताए ।

Advertisement


मञ्चका केन्द्रीय अध्यक्ष साहारा जोशीले युवा उद्यमीहरुको समग्र हितसँगै सामाजिक क्षेत्रमा मञ्चले सक्रियताका साथ काम गरिरहेको बताइन् ।

तपाईको प्रतिक्रिया