फोटोग्राफर संघ अन्तरप्रादेशिक अन्तक्र्रिया

पोखरा ।
फोटोग्राफर संघ गण्डकीको आयोजनामा अन्तरप्रादेशिक फोटोग्राफी अन्तक्र्रिया सम्पन्न भएको छ । कार्यक्रम जेठ १०, ११ र १२ गतेसम्म चलेको थियो ।
स्याङ्जाको पुतलीबजार, वालिङ, पाल्पा, रुपन्देही, कपिलवस्तु, नवलपरासी, नवलपुर र चितवनका फोटोग्राफर संघहरु बिच अन्तक्र्रिया भएको हो ।
कार्यक्रम फोटोग्राफर मञ्च स्याङजा पुतलीबजार ईकाई, स्याङजा फोटोग्राफर मञ्च वालिङ, लुम्बिनी फोटोग्राफर संघ रुपन्देही र कपिल्वस्तु फोटोग्राफर संघ कपिलवस्तुको बुटवलमा, नवलपरासी फोटोग्राफर संघ नवलपरासी भुमही, नवलपुर फोटोग्राफर संघ नवलपुरको कावासोती साथै चितवन फोटोग्राफी संघ चितवनको सौराहामा अन्तक्र्रियात्मक कार्यक्रम आयोजना गरिएको थियो ।
फोटोग्राफर संघ गण्डकीका अध्यक्ष दुर्गाप्रसाद पौडेलले कार्यक्रमको नेतृत्व गरेका थिए । कार्यक्रमको सवन्मय र सहजीकरण संस्थाका सचिव तुलसीराम सुवेदीले गरेका थिए । कार्यक्रममा उठेका विषयहरुको टिर्पाेटसहितको समीक्षा शिक्षा तथा तालिम संयोजक घनश्याम पौडेलले गरेका थिए । फोटोग्राफर हरुको आर्थिक विकास र व्यवसायिक गतिशीलताका बारेमा संस्थाका कोषाध्यक्ष जीवन ढुंगानाले स्पष्ट पारेका थिए ।
अन्तक्र्रियामा फोटोका दर, साइज, संस्थागत संरचना, प्राविधिक कठिनाइ, सम्भावना, समस्या र चुनौती साथै खुल्ला सिमानाले फोटोग्राफी क्षेत्रमा पारेको प्रभाव लगायत विषयमा छलफल भएको थियो । नेपाल फोटोग्राफर महासंघ नेपालका केन्द्रीय अध्यक्ष महेन्द्रप्रसाद उपाध्याय, वरिष्ठ उपाध्यक्ष श्रीराम कँडेल लगायतको जिल्लागत उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।









फागुन २१ को चुनाव : समानुपातिकमा ३ हजार ४२४ उम्मेदवार, २२ दलको सूची पूर्ण (सूचीसहित)
मन्त्री खरेलद्वारा एनसेलको पोखरा डाटा सेन्टर अवलोकन, भोल्टे क्षमता अभिवृद्धि परियोजनाको उदघाटन
रास्वपाको समानुपातिक सूची आयोगमा : बालेन र कुलमानसँग सहकार्य, ज्ञानेन्द्र मल्लदेखि प्रकाश सपूतसम्म समेटिए- पूर्ण सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया